उपमेयर हुदाको अनुभवले विकासका काम गर्नेछु – नरेश

आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नरेशशंकर पालिखेले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । उनले विहिवार पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्वर ८ र वडा नम्वर ११ मा घरदैलो अभियान गरे । वडा नम्वर ८ को सिमलचौर, फिर्के, चासिलेमार्ग, एयरपोर्र्टको भित्री एरिया तथा वडा नम्वर ११ को फुलवारी मार्ग, शिवशक्ति मार्ग र मणिपाल क्षेत्रमा घरदैलो गरेका छन् ।

नेपाली कांग्रेसको लामो समय राजनिति गरेका पालिखेले जनतासंग आफुलाई बालक चिन्हमा मतदान गर्न स्थानियसँग आग्रह गरेका छन् । अभियानका क्रममा उनले स्थानियलाई आफु पोखरा उपमहानगरपालिकाको उपमेयर हुदाको अनुभवले विकासका काम गर्ने बताएका छन् । उनले आफ्नो अनुभवले कास्कीको क्षेत्र नम्वर २ को २ लाई नमुना स्थान बनाउने उद्घोष समेत गरे ।

निष्टा र बिकास आफुहरुको पहिलो प्राथमिकता रहेको उनको भनाई थियो । घरदैलोको क्रममा पालिखेले आफु पैसा कमाउनको लागि राजनितिमा नलागेकोले पैसा खर्च गरेर टिकट ल्याउन तयार नभएको बताए । अहिले पैसा नहुनेहरु राजनितिबाट अलग हुनुपर्ने सस्कार विकास भएकाले त्यसको बिरोध स्वरुप आफुले उमेदवारी दिएकाले अत्याधिक मत दिएर विजयी गराउन उनले सबैलाई आग्रह गरेका छन् ।

घरदैलो अभियानमा स्थानियले पालिखेलाई स्वागत गर्नुको साथै मत दिने वचन दिएका थिए । अभियानमा स्थानियको उल्लेख्य साथ र सहयोग रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button