स्वतन्त्रता र नैसर्गिक अधिकारका लागि काँग्रेसलाई भोट – गुरु बराल

 

काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा उम्मेदवारी दिएका गुरुप्रसाद बरालले लोकतन्त्र र सम्बृद्धिको पक्षमा मत हालि देशलाई न्याय दिन मतदाताहरुलाई आग्रह गरेका छन् । अहिलेको चुनावमा जनताको नैसर्गिक अधिकार खोस्ने गरि बामगठबन्धन लागेको स्थितीमा जनताले होश पुरयाएर भोट हाल्नुपर्ने स्थिती आएको उनले बताए ।

‘न्याय र फैसला दिने जिम्मा जनताको हातमा छ ।’ चुनावी घरदैलो कार्यक्रम अन्तरगत विहिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ मा पुगेका बरालले भने–‘अहिले काँग्रेस लोकतन्त्रको सुरक्षासँगै सम्बृद्धिको प्रतिज्ञा गरेर चुनावमा होमिएको छ । त्यसैले आफ्नो नैसर्गिक अधिकार बचाउनका लागि भएपनि काँग्रेसलाई भोट हालेर जिताउनुपर्ने बाध्यता छ ।’

बरालले चुनावी अभियानको क्रममा मतदाताहरुमा लोकतन्त्र, स्वाभिमान, विकास, सम्बृद्धि र स्वतन्त्रताको भावना रहेको पाएको बताए । ‘मतदाताहरुको भावना बुझ्दा यो पटक लोकतन्त्र र सम्बृद्धिको नाराले जित्ने विश्वास लिएको छु ।’ उनले भने–‘अहिले मतदाताहरु आफै पनि विश्लेषण गरेर राम्रो या नराम्रो छुट्टाउन सक्छन् ।’ उनले बामगठबन्धनको नियत पुरा भएको खण्डमा जनताले स्वतन्त्रता गुमाउने भन्दै उनीहरुको बहकाऊमा नलाग्न मतदाताहरुमाझ आग्रह समेत गरे ।

उनले काँग्रेसले गरेका प्रतिज्ञाहरु पुरा गरेरै छाड्ने दाबी समेत गरे । ‘काँग्रेसले यसअगाडि चुनावको बेलामा गरेका प्रतिज्ञाहरु पुरा गरेको ईतिहास साक्षी छ । र, अब पनि काँग्रेस जनताकै पक्षमा उभिएको छ ।’ उनले भने–‘त्यसैले देशमा विकास र सम्बृद्धिको क्रान्ति ल्याउन पनि काँग्रेसलाई भोट दिन आवश्यक छ ।’

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ रामबजार आसपासका टोलहरुमा घरदैलोमा पुगेका बरालले वडाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । जनताका गुनासा र मागहरुलाई सम्बोधन गर्दै उनले आफू निर्वाचित भएसँगै ती सबै समस्याको समाधान गर्न खटिरहने प्रतिबद्धता जनाए । युवाहरुमाझ लोकप्रिय रहेका बराल निकै ‘बोलीको पक्का’ व्यक्ति पनि मानिन्छन् । मतदातालेबराललाई युवा नेतृत्व आउनुपर्ने भन्दै त्यसका लागि उनलाई सहयोग गर्ने वचन दिएका छन् । केहि फरक शैलीले आफ्नो चुनावी प्रचार अभियानलाई तिव्रता दिएका बरालले पछिल्लो समय ‘रोबोट’मार्फत पनि मतदातासँग भोट मागिरहेका छन् ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button