कास्कीका पोखरा ईन्जिनियरिङ कलेज सहित १० वटा उत्कृष्ट करदाता सम्मानित

पोखरा ईन्जिनीयरिङ कलेज सहित गण्डकी तथा धौलागीरीका १० वटा संस्था यस बर्ष उत्कृष्ट करदाताबाट सम्मानित भएका छन । आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक बर्ष २०७२-०७३ मा उत्कृष्ट कर सहभागिता जनाई बढी कर दाखिला गर्ने करदाता मध्यबाट छैटौं राष्ट्रिय कर दिवसको अवसरमा विहिबार पोखरामा १० वटा संस्थालाई सम्मान गरेको हो ।

त्यसै गरी तनहूँबाट शुभकामना बहुउद्धेश्य सहकारी संस्था लि.,लम्जुङको रिलायवल माईक्रो फाईनान्स वित्तिय संस्था, स्याङजाबाट सुर्योदय लघुवित्त संस्था लि, पर्वतबाट स्नेहा किराना स्टोर्स, गोर्खाबाट कसमस डेभलपमेन्ट बैंक, बाग्लुङबाट सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., म्याग्दीबाट बेनी बचत तथा ऋण सहकारी संस्था लि., मुस्ताङबाट राम लक्ष्मी डिष्टिलरी र मनाङबाट सि एण्ड सि कन्स्ट्रक्सन उत्कृष्ट करतादाको रुपमा सम्मानित भएको कार्यालयका कर अधिकृत विजय लामिछानेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मी अर्याल, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवप्रसाद उपाध्याय लगायतले सम्मान पत्रको साथमा दोसला र फुलमालाले सम्मान गरेका हुन। सम्मान ग्रहण गर्न मनाङ जिल्लाबाट बाहेक ९ जिल्लाबाट संचालक,अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै क्षेत्रिय प्रशासक अर्यालले हरेक बस्तु किन्दा अनिवार्य बिसिस्टम गर्नुपर्ने सुझाव दिदै करको दर भन्दा करको दायरा अझ फराकिलो पार्नुपर्नेमा जोड दिए । भन्सारबाट मात्र करिब ५० प्रतिशत जसो राजश्व संकलन हुने गरेकोले गर्दा भन्सार दर अझ बढी घटाउन सके आर्थिक बृद्धि हुने दाबी गरे । जिल्ला न्यायधिस दिपेन्द्र अधिकारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी लगायतले करको दर भन्दा दायरा फराकिलो पार्न सुझाव दिएका थिए । आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाईमा मंसिर १ देखि ७ गतेसम्म पोखरामा प्रभातफेरी, कर शिक्षा सम्बन्धि अन्तरकृया, विभिन्न मैत्रिपुर्ण खेल लगायतका विभिन्न कार्यक्रमको आयोजना गरी कर दिवस मनाएको हो ।

यसैबिच, आन्तरिक राजश्व कार्यालय, पोखराले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा २ अर्ब ५० करोड ४४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । लक्ष्य अनुसार कार्यालयले करिब १६ करोड रुपैया राजश्व संकलन गर्न सकेन । कार्यालयको चालु आवको प्रथम चौमासिक २ अर्ब ६८ करोड २३ लाख रुपैयाँ संकलनको लक्ष्य रहेको थियो । कार्यालयले प्रथम चौमासिकमा लक्ष्य अनुसार करिब प्रगति हासिल भए पनि गत वर्षको यस अवधिमा उल्लेखनिय रुपमा प्रगती गरेको थियो । कार्यालयले गत आवको यस अवधिमा १ अर्ब ४७ करोड ८४ लाख लक्ष्य राखेकोमा लक्ष्य बढी २ अर्ब ३ करोड ९५ लाख रुपैयाँ संकलन गरेको थियो । गण्डकी र धौलागिरी अञ्चलका १० जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयले आव २०७४-०७५ मा ८ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button