कास्कीमा माओबादी केन्द्रले खोल्यो खाता, दिपक कोइराला बिजयी

कास्की क्षेत्र नम्बर १ क  मा नेकपा माओबादी केन्द्रका दिपक कोइराला बिजयी भएका छन ।

वाम गठवन्दन अन्तर्गतका माओबादी केन्द्रका उम्मेदवार कोइरालाले तिन  हजार ६४६  मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार जिबन परियारलाइ पराजित गरेका हुन।

कोइरालाले १८  हजार ७  सय २७  मत ल्याउदा परियारले १५  हजार ८१  मत ल्याएका हुन।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा एमालेले तिन सिट हात परेको छ भने कांग्रेसले १ सिट जितेको छ । भने अन्य ४  सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा , कास्की क्षेत्र नम्बर २ क बाट नेकपा एमालेका कृष्ण थापा, क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका रबिन्द्र अधिकारी बिजयी भईसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button