कास्कीमा ९ सिट मध्ये ८ सिटमा बाम गठबन्धन बिजयी, १ सिटमा कांग्रेस

कास्कीमा ९ सिट मध्ये ८ सिटमा बाम गठबन्धनले  बिजय हासिल गरेको छ भने  १ सिटमा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसले हात परेको छ ।

कास्कीवाट प्रतिनिधिसभाका तिनै  सिट बाम गठबन्धनले आफ्नो पोल्टामा पारेको छ । प्रदेशसभाका ६ सिटमा वाम गठवन्दनले ५  सिटमा जित  हात पार्यो भने  भने  १ सिट कांग्रेसले जितेको छ । प्रदेशसभा क्षेत्र नम्बर २ ख का उम्मेदवार बिन्दु कुमार थापाले कांग्रेसको साख जोगाउदै कास्कीलाई लाल किल्ला हुनबाट रोकेका हुन् ।

कास्कीमा प्रतिनिधिसभा अन्तर्गत  क्षेत्र नम्बर १ बाट वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी विजयी भए ।अधिकारीले तेह्र हजार ४ सय १६ मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापालाई पराजित गरेका हुन।

कास्की क्षेत्र नम्मर २ बाट वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका  उम्मेदवार रबिन्द्र अधिकारीले  जित हासिल गरे  । रबिन्द्रले आठ हजार ५४६  मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार देबराज चालिसेलाई पराजित गरेका हुन। संसद  विकास समितिका पुर्व सभापति समेत रहेका रबिन्द्रले लगातार तेश्रो  पटक  जित हासिल गरेका छन् ।

त्यसैगरी कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा बिजयी भए । वाम गठवन्दन अन्तर्गतकै नेकपा  एमालेका उम्मेदवार विश्वकर्माले आठ हजार ३८६ फराकिलो मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई पराजित गरेका हुन।

उता प्रदेश सभा तर्फ कास्की क्षेत्र नम्बर १ क मा वाम गठवन्दन अन्तर्गतका नेकपा माओबादी केन्द्रका दिपक कोइराला बिजयी भए ।कोइरालाले माओबादी केन्द्रको तर्फबाट कास्कीमा खाता खोल्दै  तिन हजार ६४६ मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार जिबन परियारलाइ पराजित गरेका हुन।

त्यसैगरी कास्की क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ बिजयी भए । वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार गुरुङले चार हजार १४७ मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार कृष्ण केसीलाई पराजित गरे ।

प्रदेश सभा तर्फ कास्की क्षेत्र नम्मर २ क बाट वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका  उमेदवार कृष्ण  थापाले जित हासिल गरे । कास्कीमा बाम गठबन्धनको लागी पहिलो खाता खोल्दै थापाले सात हजार ४  मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गरेका हुन।

त्यसैगरी कास्की क्षेत्र नम्मर २ ख बाट नेपाली कांग्रेसका उमेदवार विन्दु थापाले जित हासिल गरे । थापाले ८ सय २ मत अन्तरले वाम गठवन्दनका उमेदवार राजकाजी गुरुङ्गलाई पराजित गरेका हुन। कास्कीमा पहिलो जित दर्ज गरेका थापाको जित कांग्रेस कास्कीका लागि पहिलो तथा अन्तिम जित बन्यो ।

प्रदेश सभा तर्फ कास्की क्षेत्र नम्बर ३ क  बाट नेकपा माओवादी केन्द्रका रामजी बराल बिजयी भए । वाम गठवन्दन अन्तर्गतका नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले २ हजार ७ सय ६६ मत मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पुर्व सांसद शारदा पौडेललाई पराजित गरेका हुन।

त्यसैगरी कास्की प्रदेशसभा क्षेत्र नम्बर ३ ख मा वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार नेकपा एमालेका राजिब पहारी बिजयी भए ।  युबा संघ नेपालका अध्यक्ष पहारीले पाँच हजार २९१ मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार भोज बहादुर गुरुङलाई पराजित गरे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button