पोखराका बिष्कुट र चाउचाउ उद्योगमा अनुगमन

पोखराका दुई वटा चाउ चाउ उद्योग र एउटा विष्कुट उद्योगमा मंगलबार अनुगमन गरिएको छ । पोखराको औधोगिक क्षेत्रमा रहेका पोखरा फुड्स प्रालि, पोखरा नुडल्स प्रालि र हिमश्री फुड्स प्रालिमा मंगलबार जिल्ला अनुगमन समितिको टोलीले अनुगमन गरेको हो ।

पोखरा नुड्ल्स तथा पोखरा फुड्स प्रालिमा अनुगमन गर्दा उक्त उद्योगबाट उत्पादन भएका चाउचाउ र विष्कुट तोकिएको तौल भन्दा केहि मात्र बढी भएको भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए । हिमश्री फुड्स प्रालिमा अनुगमन गर्दा भने सिद्रा माछा र टेष्टिङ पाउडरको प्रयोेग मिति र प्याकिङ गरेको मिति नखुलेको कारण हाल केहि सामान सिलवन्दी गरेको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । ४०  केजी तौल भएको ५ वोरा सिद्रा माछा र २५  केजीको ४० वोरा टेष्टिङ पाउडर हाल खान हुने वा नहुने भन्ने कुनै आधिकारीक तिथि मिति उल्लेख नभएकोले गर्दा नमुना परिक्षणको रिपोर्ट नआउदा सम्मको लागि हाल शिलवन्दी गरिएको उनले जनाए ।

उक्त नमुना परिक्षण वुटवलमा हुने भएकोले केहि दिन पछि मात्र त्यसको रिपोर्ट आउने भएको छ । साथै तीन वटा उद्योगलाई सरसफाईमा ध्यान दिने, कामदारलाई टाउको र हातमा सेफ्टी अप्नाउदै, बाहिरबाट भित्र जादा बिषेश ध्यान दिन निर्देशन दिईएको कोइृरालाले जनाए ।

अनुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेम लाल मर्हजन, उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइराला, मञ्च कास्कीका सचिव मिलन तिवारी,गुणस्तर तथा नापतौल कार्यालयका लेखा अधिकृत पदम राज बराल एबम प्राबिधिक सहायक निरीक्षक रघुनाथ पौडेल ,  कृषि विकास कार्यालय कास्कीका कृषि प्रसार अधिकृत प्रकाश बास्ताकोटी, कास्कीका प्रहरी नायव उपरिक्षक खड्ग बहादुर खत्री, पोखरा लेखनाथ महानगरपालीका कार्यालयका कानुनी अधिकृत राममणि अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव दीननाथ बराल लगायतका रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button