दोलखा जिल्लाको जिरी नगरपालिकामा लाटोकोसेरो संरक्षणकालागि अन्तर्राष्ट्रिय उत्सवको तयारी गरिएको छ । विश्वमै दुर्लभ हुदै गएको पंछि लाटोकोसेरो तथा हुचीलको संरक्षणकालागि माघ १९ र २० गते जिरीमा दुई दिने संरक्षण उत्सव हुन लागेको हो ।
ब्यापार मेला, कृर्षि महोत्सव, नयाँ बर्षमा सडक महोत्सव भन्दा फरक धारको यस महोत्सवमा चोरी सिकारी, बासस्थानको विनास, कृर्षिमा बिषादीको अधिक प्रयोगको कारण संकटमा परेका लाटोकोसेरोको संरक्षणको विषयमा उत्सव हुने छ । मुसा खाएर अन्नको संरक्षणमा महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणकालागि उत्सवको आयोजना गरिएको लामो समय संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था प्रकृतिका साथीका निर्देशक राजु आचार्यले बताए ।
चोरी सिकारी, बासस्थानको विनास, कृर्षिमा बिषादीको अधिक प्रयोगको कारण संकटमा पर्दै गएको मांसहारी चरा लाटोकोसेरो तथा हुचीलको महत्वको बारेमा जानकारी दिदै संरक्षणमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले दुई दिने लाटोकोसेरो तथा हुचील उत्सवको तयारीमा संरक्षणकर्मीहरु जुटेका हुन् ।
मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले लाटोकोसेरो किसानको साथीको रुपमा परिचित छ । एक जोडी लाटोकोसेरो तथा हुचीलले एक सिजनमा तीन हजार सम्म मुसाहरु खाने गर्दछन् । मुसा बाहेक किरा फट्याङ्ग्रा, सर्प, भ्यागुता खाएर संख्या नियन्त्रण गरि किसानलाई लाटोकोसेरो तथा हुचीलले ठुलो गुन लगाउँछन् ।
धार्मिक रुपमा पनि लाटोकोसेरो देवी लक्ष्मीको वाहन मानिन्छ । पर्यावरणलाई सन्तुलन राख्न यिनीहरुले ठुलो भूमीका खेल्ने गर्दछन् । यसैले यती धेरै महत्वको पंछि चोरी सिकारी र वासस्थानको अभावको कारण संकटमा पर्दै गएकोले बिगत ७ बर्ष देखि उत्सवको रुपमा संरक्षण अभियान थालीएको आचार्यले बताए ।
बिश्वमा दुई सय २५ प्रजातीका लाटोकोसेरो पाइन्छ । तराई देखि हिमाल सम्म गरि नेपालमा २२ प्रजातीका लाटोकोसेरो पाइन्छ । चोरी सिकारी र बासस्थानको अभावको कारण नेपालमा ८ प्रजातीका लाटोकोसेरो तथा हुचील दुलभ हुदै गएको प्रकृतीका साथीका बन्य जन्तु अनुसन्धान निर्देशक यादव घिमीरेले बताए । बिश्वमा ९ हजार प्रजातीका चरा पाइन्छन । नेपालमा ८ सय ७६ प्रजातीका चरा पाइन्छ ।
उत्सवमा लाटोकोसेरो संरक्षणको साथै स्थानीय लोप हुदै गएको कला, संस्कृती र खेलको संरक्षणकालागि बिबिध कार्यक्रम समेत गरिने घिमीरेले बताए । बिद्यार्थीलाई लाटोकोसेकारेको महत्वको बारेमा जानकारी दिने उद्देश्यले हाजिर जवाफ, वादविवाद प्रतियोगिताको साथै बिभिन्न संरक्षणको कक्षा पनि संचालन गरिने उनले बताए । महोत्सवले चरा पर्यटनको रुपमा स्थानीय गाउँको पर्यटन प्रवद्धनमा पनि सघाउने उनले सुनाए ।