पोखरामा युवा युवती रातभरी सडकमा

डिएनबी, पोखरा न्युज –  ०८ चैत्र ।

पर्वतका इन्द्र सापकोटाले मंगलबार सडकमै रात बिताए । पोखरा पार्दीका कविराज राई पनि सयौं युवाको साथमा मंगलबार पोखराको सडकमै रात बिताउन बाध्य भए । म्याग्दीबाट आएकी सिता पुनलाई पनि मंगलबारको रात पोखराकै सडकमा बिताउनु पर्यो ।

रोजगारको लागि कोेरिया जाने चाहने सापकोटा, राई र पुन जस्ता सयौं युवाहरुले बैंकमा शुल्क बुझाउन एक दिन अघि नै लाइनमा बस्दा मंगबार राति पोखराको सडकमै रात बिताएका हुन । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि आज (बिहीबार) बाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन बुझाएसंगै बैंकमा शुल्कः बुझाउनेहरुको एक दिन अघि देखि नै पोखरामा भिड लागेको थियो ।

मंगलबार दिउसै देखि पोखराको ग्लोबल बैंकका तीन वटा शाखा अगाडी शुल्कः बुझाउने लाईनमा बस्दा युवाहरुले रातभरी सडकमै रात बिताएका हुन । रातिको समय प्रहरीले लाईनबाट हटाए पछि आफुहरु रातमा लाईनमा बस्न पनि सास्ती भएको सापकोटाले गुनासो गरे । पोखरा पार्दीका कविराज राई एक दिन अघि नै लाईनमा बसेर पहिलो दिनमै टोकन पाएसंगै शुल्क बुझाए । देशमा बेरोजगार भएकोले कोरीयामा चान चाहेर आफुहरुले रातको कुनै प्रवाह नगरी आवेदन सहित शुल्क बुझाएको उनले बताए । सापकोटा, राई र सिता जस्ता हजारौं युवाहरु ईपीएस परीक्षाको आवेदन बुझाएसंगै शुल्कः बुझाउन एक दिन त केहि ले घण्टौं लाइनमा बसेर शुल्क बुझाउन बाध्य भएकाछन। मंगलबार दिउसै लाइनमा बसेर बजारमा भिडभाड् भएको भन्दै प्रहरीले विहिबार मात्र लाईनमा बस्न आग्रह गर्दै युवाहरुलाई लाइनमा बस्न हटाए पनि युवाहरु बेलुका देखि लाइनमा बसेका थिए ।

आवेदन भर्दा पोखरा केन्द्र छनौंट गर्ने पहिलो १२ हजारले मात्रै पोखराबाट परीक्षा दिन पाउने भएकोले पोखरा र यस आसपासका युवाहरु १२ हजार भित्र पर्ने गरी शुल्क बुझाउन आएकोले पोखरामा अत्याधिक भिड भएको हो । ग्लोबल आईएमई बैंकका तीन वटा शाखाबाट पोखरामा पहिलो दिनमै करिब २ हजार १ सय जनाको दर्ता गरिएको शाखा कार्यालयले जनाएको छ। पोखराको न्यूरोड शाखाबाट पहिलो दिनमा करिब ९ सय ५० जनाको दर्ता गरिएको शाखा प्रमुख महेन्द्र अधिकारीले बताए । पहिलो दिनमा अत्याधिक भिड भएकोले गर्दा शुक्रबारको लागि ३ सय ९ जनाको अग्रिम टोकन लिईएको अधिकारीले जनाए । त्यसै गरी सभागृहचोकको शाखाबाट पहिलो दिनमा करिब एक हजार जनाको दर्ता गरिएको अप्रेशन ईन्चार्ज उमा खत्रीले बताईन । उनका अनुसार पहिलो दिनमा एक दिन अघि देखि नै लाइनमा बसेका करिब एक हजार जनाको लागि सुक्रबार र शनिबारको लागि अग्रिम टोकन दिईएको छ ।

पोखराको बेगनासतालमा रहेको अर्को ग्लोवलको शाखामा सिस्टममा केहि समस्या आएकोले पहिलो दिनमा करिब ९० जनाको मात्र दर्ता गरिएको शाखा प्रमुख सुरेश ओलीले बताए । उनका अनुसार पहिलो दिनमा लिईएको २ सय टोकनमा बाँकी रहेका र थप केहि टोकन वितरण गरिएका एक-एक सय जनालाई पोखराको न्यूरोड र सभागृहचोक शाखाबाट वितरण गरिने भएको छ । आवेदन भर्दा २४ डलर अर्थात विहिबार २ हजार ५ सय १० रुपैया शुल्क तिरेका हुन । सुक्रबार २४ डलर अर्थात २ हजार ५ सय ११ तिर्नु पर्ने छ । भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था भए पनि बैंकमा पैसा जम्मा गर्ने भएकोले झन्झटिलो प्रकृया रहेको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म समय सिमा रहेको छ । यसपटक करिब ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना रहेको छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन पाउने भएका हुन । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button