पोखराको मणिपाल अस्पतालमा झडप, कर्मचारी र प्रहरी घाइते

अस्पतालको इमर्जेन्सी बाहेक सबै सेवा प्रभावित

डिएनबी, पोखरा न्युज – १९ चैत्र ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा आज (सोमबार) विहान देखि आकस्मिक (इमर्जेन्सी) बाहेक सवै सेवा प्रभावित भएको छ । कर्मचारी विवादले झडप भए पछि हाल अस्पतालको इमर्जेन्सी बाहेकका सवै सेवा ठप्प भएको अस्पताल प्रशासनले जनाएको छ ।

कर्मचारीको आन्दोलनको कारण अस्पतालमा तोडफोड भएपछि हाल अस्पतालमा सेवा दिने कुनै वातावरण नभएकोले इमर्जेन्सी सेवा बाहेक सवै सेवा ठप्प भएको अस्पतालका निर्देशक डा. भिजे सिंगीले बताए ।

तलव बृद्धिको माग गर्दै आन्दोलित भएका कर्मचारीलाई प्रहरी प्रशासनले एकाएक धर्नामा बसेकालाई नियन्त्रणमा लिन थाले पछि झडपको स्थिती सृजना भएको कर्मचारीले आरोप लगाएका छन। झडपको क्रममा कर्मचारी र प्रहरी दुबैै तर्फ ७-७ जना घाईते भएको बताइएको छ । झडपको क्रममा कर्मचारीले ईट्टा, व्लक, ढुंगा, कुर्सीले प्रहरी माथि प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खडग बहादुर खत्रीले बताए । उनका अनुसार धर्नामा बसेका कर्मचारीले प्रहरीलाई एकाएक ढुंगा मुडा गरे पछि प्रहरीले सामान्य लाठ्ठी चार्ज गरी केहिलाई नियन्त्रणमा लिएको बताए ।

कर्मचारीले भने डिनको कार्यालय अगाडी धर्नामा बसेका कर्मचारीलाई एक्कासी पक्राउ गरी नियन्त्रणमा लिन थालेसंगै झडप भएको बताएका छन। डिएसपी खत्रीका अनुसार घाईते हुने प्रहरी जवानहरुमा विपिन थापा मगर, अन्जना घर्ती, गोविन्द राजकोटी, गम बहादुर थापा, रुपलाल थापा, एमुना राजकोटी, तुलसा पोखरेल रहेका छन। झडपको क्रममा घाइते हुने कर्मचारीहरुमा राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर बहादुर गुरुङ लगायतका ७ जना रहेको बताइन्छ । उनीहरुलाई टाउको, हात, खुट्टमा चोट लागेको छ। प्रहरीले हालसम्म २० जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अस्पातलका डिनको कार्यालयको झ्यालको सिसा फोरिएको छ । कर्मचारी र प्रहरी बिच सामान्य भनाभनकै क्रममा झडप भए पछि मणिपाल शिक्षण अस्पातलमा केहि वेर तनाव भएको थियो । अस्पताल प्रशासनले अस्पतालको क्षमता अनुसार चिकित्सकको तलब बढाउन नसक्ने भएकोले आफुहरुले तलव बृद्धि गर्न नसेकेको अस्पताल श्रोतले जनाएको छ। अस्पतालमा दैनिक जसो एक हजार जसो सेवाग्राहीहरु आउने गर्छन ।

विगत ९ मिहना देखि तवलको बिषयमा कर्मचारीले अस्पताल प्रशासनसंमक्ष माग राख्दै आउने क्रममा विगत १२ दिन देखि डिनको कार्यालय अगाडी विहान ९ देखि १२ बजेसम्म कर्मचारीले बिरोध गर्दै धर्ना दिदै आएका थिए ।

यस बिषयमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बहादुर वाँस्तोलाले आफुहरुले कर्मचारीको तलव बृद्धिको बिषयमा प्रशासनसंग करिब १२ पटक बसेको वार्तामा अस्पताल प्रशासनले कर्मचारी प्रति वेवास्था गर्दै आएको आरोप लगाए । उनले भने “ अस्पताल प्रशासनले कर्मचारीलाई दबाबमा पारेको छ, उनीहरुको जाहेज मागको सम्वन्धमा वार्ता र छलफलको विकल्प हुदा हुदै कसरी प्रहरी प्रशासन लगाईयो म आफै अचम्मित भएको छु । ” बिबाद सामान्य भएपछि पनि प्रहरीले महिला कर्मचारीहरुलाई खोजि खोजि नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button