गोर्खाको गाँउमा पानी पुर्‍याउन अन्नपुर्ण क्लवको सक्रियता

डिएनबी, पोखरा न्युज – २२ चैत्र ।

गोर्खाको सहिद लखन गाँउपालिका वडा नम्बर ६, घैरुङ वास्कोटस्थित अन्नपुर्ण युवा क्लव सक्रिय रुपमा खानेपानी उपलब्ध गराउने अभियानमा लागेको छ ।

गर्मीको यस सिजनमा नजिकका पानीको मुहानहरु सुक्ने भएकोले गाँउ भन्दा तल्लो क्षेत्रमा रहेको पानी ट्याङकीबाट लिफ्टिङ सिस्टमबाट गाँउमा पानी पुर्‍याउने अभियानमा क्लव लागेको क्लवका सल्लाहकार रमेश श्रेष्ठले बताए ।  उनका अनुसार क्लवको अगुवाईमा स्थानि यगाँउको घर घरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्धेश्यले हाल आर्थिक संकलन अभियान सुरु गरेको हो । क्लवले स्थानिय तथा विदेशमा रहेकाहरुको लागि उक्त अभियान मार्फत हालसम्म एक लाख ५० हजार रुपैया आर्थिक संकलन गरेको क्लवका कोषाध्यक्ष मनोज श्रेष्ठले बताए । उनका अनुसार स्थानिय गाँउमा चैत देखि जेष्ठसम्म पिउने पानीको अभाव हुने हुदा करिब एक घण्टा पैदल फिले पदेराबाटल्याउनु पर्ने बाध्यता रहेकोले उक्त अभियान सुरु गरिएको कोषाध्यक्ष श्रेष्ठले जनाए ।

करिब ५ लाखको उक्त अभियान अन्र्तगत ३ लाखले स्वच्छखानेपानीको लागि र २ लाख स्थानीय हिमालयन माविमा छात्राबृत्ति स्थापना गर्ने क्लवको योजना गरेको कोषाध्यक्ष श्रेष्ठले जनाए । स्वदेश तथा विदेशमा रहेकाहरुले उक्त अभियानमा पानी ट्याङकी सहित आर्थिक सहयोग गरेको क्लवले जनाएको छ । उक्त अभियानमा सहयोग गर्न क्लवले आव्हान गरेको छ।

हाल कोरिया रहेका विमल श्रेष्ठ र हाल दुबई रहेका राजेस श्रेष्ठले जनहि एक हजार लिटर क्षेमताको पानी ट्याङकी सहयोग गरेका छन। खानेपानी सरसफाई डिभिजन कार्यालयबाट १२ हजार ५ सय रुपैया आर्थिक सहयोग संकलन भएको क्लवले जनाएको छ । न्यू गोर्खा मनकामना कन्स्ट्रक्सनका प्रोपाईटर कविता श्रेष्ठले १२ हजार ५ सय, गोर्खा लोकतान्त्रीक गेष्ट हाउसबाट १२ हजार ५ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । स्थानिय गाँउमा हाल करिब एक सय १० घर धुरी रहेको क्लवका अध्यक्ष खड्क श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button