पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बालकको मृत्यु भएपछी अस्पताल तनाबग्रस्त

पोखरा न्युज – २२ चैत ।

उपचारको क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बालकको मृत्यु भएपछी अस्पताल तनाबग्रस्त बनेको छ ।

प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालका अनुसार पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ निवासी  संगिता परियारको  साढे २ बर्षको छोरा रोहित परियारको बिहिबार बिहान ८ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बालक रोहित परियारलाई दुई दिन अगाडी  चैत २० गते सामान्य ज्वरो आएपछि आफन्तले  उपचारको लागि  पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा  लगेका थिए ।

बिहीबार बिहान  ६ बजेको समयमा डाक्टरले बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे  बच्चाको मुत्यु भएको  हो । डक्टरको लापरबाहिका कारण  बच्चाको मृत्यु भएको भन्दै  बच्चाका आफ्न्तले अस्पतालमा नाराबाजी गरेका थिए ।

घटनापछि  अस्पताल प्रशासन र पिडित पक्षबिच वार्ता भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button