पोखरा १७ घारीपाटनबाट लागूऔषध सहित दुई जना पक्राउ

पोखरा न्युज – २४ चैत्र ।

पोखरा लेखनाथ महानगरपालिका  १७ घारीपाटनबाट लागूऔषध सहित दुइ जना पक्राउ परेका छन् ।

गाजाँ र गाजाँको तयारी धुलो (पोलेण्ड) सहित पोखरा १८ सेदीबगर  निवासी २५ वर्षिय जगत बहादुर नेपाली र स्याङजाको आधिखोला गाउँपालिका ४ निवासी १८ वर्षिय बिनोद परियार पक्राउ परेको प्रहरी उपरीक्ष विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा अबैध लागूऔषध गाँजा बिक्री बितरण, ओसारपसार, सेवन तथा  सञ्चय समेत गर्ने गरेको  विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो पोखरावाट खटिएको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको प्रहरी टोलिले २ किलो ३ सय २० ग्राम गाँजा र ८ सय ग्राम गाँजाको तयारी घुलो (पोलेण्ड) सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट स्यामसुङ र लाभाको एक एकवटा मोवाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई  आवश्यक कारवाहिकोलागी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button