पोखराको सराङकोटमा पर्यटक गाडीको ठक्करबाट युवकको मृत्यु

 

डिएनबी, पोखरा न्युज – २५ चैत्र ।

पर्यटक हाईस माईक्रो बसको ठक्करले शनिबार  पोखराको सराङकोट स्थित लामागाँउमा एक युवाको मृत्यु भएको छ ।

सराङकोटबाट पोखरा  बजारतर्फ आउदै गरेको ग १ प ६८ नम्बरको हरियो प्लेटको पर्यटक हाईस माईक्रो बसको ठक्करले स्कुटर चालक स्थानिय रामु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट गएको ग १ प ४७२८ नम्बरको स्कुटर चालक ३५ बर्षीय पुनलाई हाईसले ठक्कर दिएसंगै उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । हाईस माईक्रो बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाईस माईक्रोको लापरवाहीको कारण स्कुटर चालक सराङकोट निवासी पुनको मृत्यु भएको स्थानियले दाबी गरेका छन।

(फाइल फोटो)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button