पोखरामा प्याराग्लाइडिङ दुर्घट्ना, एक घाइते

पोखरा न्युज – २५ चैत्र ।

पोखरामा आइतबार दिउसो प्याराग्लाइडिङ दुर्घट्ना भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका २४ तोरीपानीमा दिउसो करिब एक बजेको समयमा पिस हिमालयन प्याराग्लाईडिङ कम्पनिको प्याराग्लाइड दुर्घटना भएको हो । दुर्घट्नामा परी एक जना बिदेशी नागरिक घाइते भएका छन् ।

घाइते हुनेमा ३६ बर्षीय इंग्ल्यान्ड का नागरिक माइकल रहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए । प्रहरीका अनुसार घाइते माइकलको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

उड्ने क्रममा असन्तुलन हुँदा प्याराग्लाइडिङ दुर्घट्ना भएको बताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button