पोखरावाट १३ जना यातायात व्यवसायी पक्राउ

पोखरा न्युज – २१, वैशाख ।

कास्की प्रहरीले पोखरावाट १३ जना यातायात व्यवसायीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राजु सिंह भण्डारी, युबराज सुबेदी , घनश्याम बास्तोला ,धनबहादुर थापा  , मनबहादुर थापा मगर, प्रेम बहादुर गुरुङ, निर्मल तामाङ, सुनील थापा, रमेश सुचीकार, रूद्रबहादुर नेपाली, राजु सिंह भण्डारी, संजीव पौडेल, दुर्गा परियार र राजकुमार रानाभाट रहेको प्रहरी प्रबक्ता जगदीश रेग्मीले पोखरा न्युजलाई जानकारी दिए । कास्की प्रहरीले पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस ब्यबसायी समिति तथा बागलुङ भगवती जिप समितिसँग आवद्ध रहेका बस धनी तथा चालकलाई पक्राउ गरेतापनि समितिका पदाधिकारीहरुलाई भने हालसम्म पक्राउ गर्न सकेको छैन ।

बस धनी तथा चालकहरुलाई आन्दोलनमा लगेर समितिका पदाधिकारी सम्पर्क बिहिन भएको र उनीहरुको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । सिण्डिकेटको पक्षमा हड्ताल गर्दै आन्दोलनमा उत्रिएका बस ब्यबसायीलाई पक्राउ गर्न भएको निर्देशन अनुसार उनीहरुलाइ पक्राउ गरिएको एसपी सिंहले जनाए ।

समितिका पदाधिकारी सम्पर्क टुटाएर बसेको र खोजीका लागी प्रहरी परिचालन गरिएको सिंहको भनाई छ । जनताको सार्वजनिक सेवा उपभोग गर्न पाउने अधिकारलाई बन्चित गर्ने जो कोहीलाई पक्राउ गरेरै छाड्ने सिंहले अठोट जनाए । ‘उहाँहरु जनतालाई दुख दिएर मोबाइल अफ गरेर बस्नुभएको छ, केहि जिल्ला बाहिर गएको भन्ने बुझिएको छ ’ – सिंहले भने, ‘ हामीले खोजीकार्यलाई तीब्रता दिएका छौ, छिट्टै पक्राउ गर्छौ ।‘

सिण्डिकेट पक्षमा यातायात व्यवसायीले गाडीहरु थन्क्याएर राखेपछि गृहमन्त्रीले देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गर्दै कारबाही अगाडी बढाउन निर्देशन दिएका थिए।

व्यवसायीको आन्दोलनका कारण पोखरा लगायत देशभर लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारण जनताले सास्ती भोग्नुपरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button