यातायात व्यवसायीले यात्रुसँग मागे माफी, सार्वजनिक यातायात सञ्चालन गर्ने

पोखरा न्युज-२२, वैशाख ।

सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड सार्वजनिक गरेपछि विरोध गर्दै आएका यातायात व्यवसायीले बन्द फिर्ता लिइ यात्रुसँग माफी मागेका   छन् ।

यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाकारुपमा दर्ता गरेर व्यापार गर्न पाउनुपर्छ लगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । अत्यावश्यक सेवा बन्द गरेपछि सरकारले शुक्रबार नै कडा कारबाहीको निर्णय गरेको थियो । उपत्यकाका केही रुटमा चल्ने माइक्रोको ‘रुट परमिट’ यातायात व्यवस्था विभागले शुक्रबार नै खारेज गरेको थियो ।

सरकारको कडा कदम संगै आम मानिस सिन्डिकेटका विरुद्धमा भएको जनमत बुझेपछि व्यवसायीले आजदेखि बन्द फिर्ता लिई सवारी चलाउने उद्घोष गरेका  हुन् ।  ब्यबसायीले बिज्ञप्ति निकाल्दै हिजो शुक्रबार सार्वजनिक यातायात बन्दबाट प्रभावित हुने यात्रु संग माफी समेत मागेका छन् ।

विभागका प्रवक्ता तुलसीराम अर्याल व्यवसायीले बुझाएको ज्ञापनपत्रमा शुक्रबारदेखि लगातार बन्द गर्ने उल्लेख गरेको बताउछन्  । विभाग यातायात क्षेत्रमा  कानून कार्यान्वयनमा लागेको उनले बताए  । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले शुक्रबार एक दिनमात्र सार्वजनिक सवारी थन्क्याएको दाबी गर्दछन  ।

“हामीले एक दिन यातायात थन्क्याउँदा अत्यावश्यक ऐनका नाममा घरघरबाट पक्राउ गरियो, राजनीतिक दलले यातायात बन्द गर्दा अत्यावश्यक ऐन लागू हुन्छ ? घरघरबाट ७३ जना यातायात व्यवसायी पक्राउ परेका छन्, आजसम्म नछोडे बैठक बसेर अन्य कार्यक्रम सार्वजनिक गर्छौं”, उनले भने ।

शुक्रबार यातायात बन्द हुँदा लाखौँ यात्रु हिँड्न बाध्य भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button