पोखरा न्युज- ०६ जेठ ।
मुक्तिनाथ दर्शन गर्न गएका एक भारतीयको मृत्यु भएको छ ।
भारतको आन्द्र प्रदेश एबि गुन्टुक घर भई मुक्तिनाथ दर्शन गर्नका लागी गएका ४५ का श्रीवाचनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीवाचन आइतबार बिहान करिब ०९:३० बजेको समयमा मन्दिर परिसरमा लेक लागी बेहोस भई ढलेका थिए । बेहोस भएपश्चात उपचारको लागी जिल्ला अस्पताल जोमसोम पुर्याइएका श्रीवाचनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
श्रीवाचनलाई उपचारकै क्रममा आइतबार बिहान करिब १०:३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ ।