पोखरामा नो भेइकल जोन पुनः स्थगित हुने संकेत

पोखरा न्यूज -१५, जेठ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको लेकसाईडमा संचालन भएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) पुनः स्थगित हुने संकेत देखिएको छ ।

स्थानिय केहि व्यवसायीहरुले उक्त कार्यक्रमको बिरोध गर्दै आए पछि पोखरामा विगत दुई महिना देखि संचालन हुदै आएको उक्त कार्यक्रम पुनः स्थगित हुने संकेत देखिएको हो । पोखरा लेकसाईडको मिरा गल्लीमा निकास नभएको हुदा स्थानियहरुसंगको समन्वय विना, कुनै प्रभावकारी कार्यक्रम विना संचालन भएको नो भेईकल जोन कार्यक्रमले आफुहरु प्रभावित भएकोले उक्त कार्यक्रम छिट्टै स्थगित गर्ने पक्षमा आफुहरु रहेको स्थानिय व्यावसायी घनश्याँम वोगटीले बताए । आईस ल्याण्ड होटलका संचालक समेत रहेका वोगटीले हरेक हप्तामा दुई दिन संचालन हुने उक्त कार्यक्रमले गर्दा आफुहरुको व्यापारमा नोक्सान हुदै आएको गुनासो गरे ।

उनले भने “लेकसाईडमा ४ वटा मुख्य चोक क्षेत्रका मानसरोवरपथ, पहारी मार्ग, समिको पाटन र लालुपाते मार्ग क्षेत्रका स्थानिय तथा पर्यटन व्यवसायीहरुले नो भेईकल जोन खासै चाहेका छैनन, कि आयोजकले पार्किङ सहितको व्यबस्थित ढंगले कार्यक्रम दिनसक्नु पर्थ्यो । अर्को स्थानिय एक व्यवसायी हरि बस्ताकोटीले जति सक्दो छिटो उक्त कार्यक्रम स्थगित गरी सडकमा निर्वात हिडडुल गर्न पाउने अधिकार सुनिस्चित गर्न माग गरे । उनले भने “स्थानिय जनता र पर्यटकहरुलाई कुनै निहुमा सास्ती दिनु हुदैन, कुनै अध्ययन र गृहकार्य विना ल्याएको यस्तो कार्यक्रम हामीलाई मान्य हुदैन, यसबाट हामी व्यवसायीलाई नाफा भन्दा घाटा भएको छ । ” पर्यटन प्रवद्र्धनको नाममा सडकमा तार वार लगाएर भन्दा अन्य प्याकेज ल्याउन आग्रह गर्दै उनले सडकमा तगारो लगाएर पर्यटन प्रवद्र्धन हुन नसक्ने ठोकुवा गरे । होटल दोनस्तीका संचालक असोक रुम्वा लामाले आफ्नो क्षेत्रमा विगत दुई महिना देखि सुक्रबार र शनिबार बेलुका अस्त व्यस्त पार्किङ हुने हुदा आफुहरुलाई व्यापार भन्दा मानसिक तनाव बढी हुने गरेको बताए ।

प्रदेश ४ का सांसद राजीप पहारीले स्थानियको लचाहान अनुसार उक्त कार्यक्रमलाई अघि बढाउनु पर्ने बताए । सोमबार पोखरामा आयोजना भएको एक छलफलमा उनले पहिला राम्रो होला भनेर ल्याईएको उक्त कार्यक्रम हाल बिरोध हुन्छ भने त्यसलाई जनताको चहाना अनुसार लैजानु पर्नेमा जोड दिए ।

नो भेईकल जोन कार्यक्रमका सह–संयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले ल्याएको कार्यक्रम आफुहरुले विभिन्न प्याकेज कार्यक्रम दिन नसेकको बताउदै, उक्त कार्यक्रम कसरी संचालन गर्ने बिषयमा मुल संयोजक विना निर्णय नगर्न आग्रह गरे । वडा सदस्य बिष्णु भट्टराई र हरिकृष्ण पहारीले नो भईकल जोनलाई व्यबस्थित पार्न खोज्दै गर्दा बिरोधका स्वरहरु आएकोले यसको व्यबस्थापनको लागि बृहत छलफल गरी अघि बढ्न्ु पर्नेमा जोड दिए । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीले उक्त कार्यक्रमलाई स्थगित गर्नु भन्दा व्यबस्थित र परिमार्जन गरी संचालन गर्नुपर्नेमा जोडल दिए । उनले भने “ फु्टपातमा पार्किङ गर्नु हुदैन, त्यसलाई व्यबस्थित पार्नु पर्छ, एउटा कार्यक्रम ल्याएकोमा बिरोध मात्र गर्ने होईन, त्यसमा सवैको लगानी हुनु पर्छ, बिरोधको लागि बिरोध मात्र गर्न हुदैन। ”

विगत ७ बर्ष अघि करिब ६ महिना संचालन भएसंगै स्थानियको बिरोध पछि पुर्ण रुपमा बन्द रहेको नो भईकल जोन पोखराको लेकसाईडमा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको समन्वयमा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को आयोजनामा, पोखरा पर्यटन परिषद सहितका पर्यटन संवद्ध संघ संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम संचालन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button