सुरु भएको दुई महिनामै लेकसाइडको नो भेहिकल जोन स्थगित

पोखरा न्युज – २३, जेठ ।

सुरु भएको दुई महिनामै लेकसाइडको नो भेहिकल जोन स्थगित भएको छ ।

स्थानिय व्यवसायीहरुको चर्को दबाबपछि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विगत दुई महिना देखि संचालन हुदै आएको सवारी साधन निशेषित क्षेत्र (नो भेहिकल जोन) स्थगित भएको हो  ।

स्थानियको बिरोध पछि नो भेहिकल  जोन  स्थगित गर्नु परेको कार्यक्रमका संयोजक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले पोखरा न्यूजलाई बताए । पर्यटन सहित व्यवसाय प्रबर्द्धन गर्न ल्याएको पर्यटन प्याकेजमा स्थानियको बिरोध आए पछि आफुहरुले यसलाई बाध्य भएर स्थगित गर्नुपरेको उनले जनाए । पोखराको हल्लनचोक देखि बाराहीचोकसम्म करिब एक किलोमिटर क्षेत्रमा शुक्रबार र शनिबार वेलुका ५ बजे देखि राति एक बजेसम्म उक्त कार्यक्रम संचालन हुदै आएको  थियो ।

आज (बुधबार) पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा बसेको एक छलफलमा स्थानिय व्यवसायीहरुले उक्त कार्यक्रम प्रभावकारी नभएको हुँदा आफुहरु र पर्यटकहरुले सास्ती भोग्नु परेको भन्दै बिरोध जनाए पछि उक्त कार्यक्रम स्थगित भएको स्थानिय व्यवसायी घनश्याँम वोगटीले बताए । दुई दिन अघि मात्र आगामी शुक्रबार देखि उक्त कार्यक्रम हटाउन  स्थानिय व्यवसायीले चेतावनी दिएका थिए ।  पछि पुनः दोश्रो चरणमा बुधबार  बसेको छलफलमा  स्थानियले व्यपाक  बिरोध जनाएपछि  वडा कार्यालय पछि हटेको वोगटीले जनाए । सुरुवातबाटै विना तयारी संचालन नगर्न आग्रह गर्दा गर्दै केहि व्यक्तिहरुको राय सल्लाहबाट मात्र कार्यक्रम संचालन भएकोले  उक्त कार्यक्रमबाट आफ्नो व्यवसायनै धरापमा पर्न थालेपछि आफुहरु संठगित हुदै उक्त कार्यक्रमको बिरोध गर्नु परेको आईस ल्याण्ड होटलका संचालक समेत रहेका वोगटीले जनाए ।

पोखरा लेकसाइडको मिरा गल्लीमा निकास नभएको भन्दै  स्थानियहरुसंगको समन्वय विना, कुनै प्रभावकारी कार्यक्रम विना संचालन भएको नो भेहिकल जोन कार्यक्रमले आफुहरु प्रभावित भएको स्थानियले गुनासो गर्दै आएका थिए । विगत ७ बर्ष अघि करिब ६ महिना संचालन भएको नो भेहिकल जोन स्थानियको बिरोध पछि पुर्ण रुपमा बन्द रहेको थियो ।

पोखराको लेकसाइडमा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको समन्वयमा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को आयोजनामा तथा पोखरा पर्यटन परिषद सहितका पर्यटन संवद्ध संघ संस्थाहरुको सहकार्यमा लेकसाइडमा  नो भेहिकल जोन संचालन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button