पोखरामा भित्रियो सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

पोखरा न्युज -०३, असार । 
पोखरामा मारुती सुजुकी व्राण्डको तेस्रो संस्करणको स्विफ्ट विक्री सुरु गरिएको छ ।

सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले गाडी आईतबरबाट बजारमा ल्याएको हो । नयाँ गाडीको एक कार्यक्रमका बिच बतास व्रदर्श प्रालिका निर्देशकद्धय विपेन्द्रराज बतास र प्रमेश पराजुलीले संयुक्त रुपमा सुभारम्भ गरे ।

पहिलो दिनमानै गाडी खरिद गर्ने सागर लामिछाने र कमल सुनुवारलाई गाडीको चावी हस्तान्तरण गरिएको थियो भने ५ वटा वुकिङ्ग भएका छन् ।

नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रिल, एलईडि प्रोजेक्टर हेडल्याम्प, कटटुटोन अलोय व्हील तथा अर्वन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित उत्कृष्ट डिजाईनको रहेको बतास व्रर्दशका सेल्स अफिसर विक्की गुरुङले बताए ।

गाडीको मुल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ। यो गाडीले प्रति लिटर २२ किमी माईलेज दिने कम्पनीको दाबी छ । ‘गाडीको अटो गियर सिफ्ट प्रविधिले उच्चस्तरिय पर्फोमेन्स दिने र यात्रु, बालबच्चा तथा पैदल यात्रीको सुरक्षामा केन्द्रीत रहेको छ ।’ बिक्री प्रवन्धक नवराज अधिकारीले भने,‘ डुवल एयरव्याग, ईविडि, एविएस, आईसोफिक्स र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजीले गाडीलाई आरामदायी बनाएको छ ।’

२८ प्रतिशत लगेज स्पेशको सुविधा रहेको गाडीमा ४० मिमि चौडा र २० मिमि लामो ह्वील वेस रहेको छ।

कार्यक्रममा बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट र मानव संसाधन विभागका हेड विश्वमणी भण्डारीले पनि गाडीका विशेषताका वारेमा प्रस्ट पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button