वेब पोर्टल र मोबाइल एप बनाउँदै पोखरा महानगर

पोखरा न्यूज -०४, असार ।

पोखरा लेखनाथ महानगरपालिकाले बिभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक गर्ने तयारीमा महानगरपालिका रहेको सूचना अधिकृत प्राविधिक शर्मिलाले गौतमले जानकारी दिइन् ।

वेब पोर्टल र मोबाइल एपमा बिभिन्न १० विषयमा ३८ थरी सूचना राखिएको काठमाडौं लिभिङ ल्याब्सका गौरव थापाले बताए । १० वटा विषयमा शिक्षा, स्वास्थ्य, पर्यटन, सुरक्षा, लगायतका विषय समेटिएको छ ।

कुन वडामा कति विद्यालय, अस्पताल छन् वा पोखरामा कति पर्यटक स्तरमा होटल छन् त्यो पनि वेब पोर्टल र मोबाइल एपबाट हेर्न सकिने छ । पोखरा भित्रको हरेक क्षेत्रको जानकारी इन्टरनेटमार्फत् सजिलै रुपमा सबैले थाहा पाउन सकिनु भनेर वेब पोर्टल र मोबाइल एप महानगरपालिकाले तयार गरेको हो । पोखरालाई प्रविधि मैत्री बनाउने मेयर मानबहादुर जिसीको घोषणा अनुरुप प्रविधि प्रयोग गरेर सूचना र जानकारी उपलब्ध गराउन महानगरले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । पोर्टल र मोबाइल एपमा वडाको समेत जानकारी पाउन सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button