पोखरा न्यूज- ३२ असार ।
पोखरा लेखनाथ महानगरपालिका -२३ खोरपाखामा रुख ढल्दा रु ४ लाख बराबरको क्षति भएको छ ।
आइतबार राती परेको अबिरल बर्षाको कारण रुख ढलेर लिलाधर पौडेलको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पौडेलको घर नजिकै रहेको पाखुरीको रुख ढल्दा ढुंगा माटोले बनेको १ तले घर र गोठ पुर्णरुपमा क्षति भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।