म्याग्दीमा खानेपानी आयोजना निर्माण

पोखरा न्युज -१७, साउन ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिका–३ खानीगाउँमा रु ७२ लाखको ललागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।

गाउँपालिका अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत् रु ७२ लाखको लागतमा बफुवा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएको हो ।

करिव ५९ घरधुरी लाभान्वित भएको सो आयोजनाका लागि परियोजनाले रु ४८ लाख ५० हजार सहयोग गरेको र स्थानीय उपभोक्ताले रु २४ लाख बराबरको श्रम तथा नगद गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए ।

सार्वजनिक धारा मार्फत् खानेपानी उपभोग गर्दै आएका खानीगाउँका बासिन्दाले घरकै धारामा नियमितरुपमा सफा र स्वच्छ पानी पाउन थालेपछि समयको बचत, सुविधासँगै सरसफाइमा राहत मिलेको छ।

उक्त परियोजना मार्फत् मंगला गाउँपालिकामा गत आर्थिक वर्षमा चार खानेपानी आयोजना सञ्चालन भएकामा बफुवासहित ४ नं वडा दुर्दीमा अर्को आयोजनासमेत सम्पन्न भइसकेको छ ।

यस्तै २ नं वडा कुकुर बिसौना र १ नं वडाको थाइवाङमा सञ्चालित खानेपानी आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको परियोजनाका गाउँपालिका संयोजक गंगाधर गौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button