हुम्लामा खानेपानी अभाव

पोखरा न्यूज -२४, साउन । 

हुम्लाको सदरमुकाम सिमीकोट देखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ ।

खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी ल्याउन सर्वसाधारण जनता र कर्मचारीलाई दुई घण्टा लाग्ने बताए । सिमीकोट गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामाका अनुसार यही साउन २५ गते प्राविधिकले सो ठाउँमा निरीक्षण गर्नेछन् ।

यसैबीच सिमीकोट गाउँपालिका –८ स्थित मेलघाट र भरीघाटको काठेपुल अविरल वर्षाले बगाएपछि यम्बु गाउँका मानिसलाई सदरमुकामबाट उपभोग्य सामान ल्याउन कठिनाइ भएको वडाध्यक्ष चक्र बुढाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button