पोखरा-मुस्ताङ सुविधा सम्पन्न बस सेवा संचालनमा

डीएनबी, पोखरा न्यूज- १८, असोज ।

पोखरा देखि मुस्ताङसम्म सुविधा सम्पन्न सिधा बस सेवा संचालनमा आएको छ । मुस्ताङ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले म्याग्दी कोरला यातायात प्रा.लि.ले हिटर जडान भएका सुविधा सम्पन्न बसहरु विहिबार देखि संचालनमा ल्याएको प्रालीका सञ्चालक नरेश रोकायले बताए ।

विहिबार देखि उक्त बस सेवा नियमित रुपमा संचालनमा आएको छ । सेवामुखि व्यवसायको हिसावले यात्रुहरुको माग र चाहना अनुसार आफुहरुले पोखरा देखि मुस्ताङको मुक्तिनाथसम्मको आरामदायी यात्रा गराउन २७ सिटे उक्त गाडी संचालनम ल्याएको रोकायले बताए । हाल करिब ३ करोड लगानीमा ५ वटा बस संचालनमा ल्याएसंगै आगामी केहि हप्तामा ६ वटा नयाँ थप बसहरु संचालन गर्ने तयारी गरेको उनले जनाए । विगतमा म्याग्दी बेनी देखि काठमाडौं सम्मको आरामदायी यात्रा प्रदान गर्दै आइरहेको म्याग्दी कोरला यातायात प्रालीले यात्रुहरुको चाहना र मुस्ताङको मौसम अनुसार हिटर जडान भएको संचालक रोकायले बताए । आगामी केहि समय पछि सुपरडिलक्स अत्याधुनिक सुविधा भएका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको उनले जनाए । प्रालीले बेनी काठमाडौंका लागि ३० सिटको बस सेवा सञ्चालनमा यस अघि देखि ल्याएको छ।

पोखरा देखि मुस्ताङ सम्मको यात्रामा यात्रुले १ हजार १ सय दिनुपर्ने छ । उक्त शुल्कमा कफि, नास्ता र कोल्ड ड्रिङक्स लगायतका सेवा सुविधा यात्रुले पाउने प्रालीका सञ्चालक रोकायले बताए । उक्त प्रालिमा रोकाय सहित प्रकाश पौडेल, नगेन्द्र केसी, धन कुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको संयुक्त लगानी रहेको छ । ६ महिना अघिनै दर्ता भई स्थापना गरिएको प्राली मार्फत गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने हेतुले सेवा गरिरहेको उनले बताए । राज्य निर्माणमा आम युुवाको पनि दायित्व बोध गर्दै उद्यम तर्फ लागेको उनको भनाई थियो । आर्थिक समृद्धिका कुरा आईरहँदा प्रदेशको समुन्नत विकास निम्ती अब हरेक युवाहरु केहि न केहि उद्यममा लाग्नुपर्ने उनको धारणा थियो ।

यसैबिच, विहिबार एक समारोहका बिच गण्डकी प्रदेशका प्रतिनिधी सभाका सदस्य प्रदिप गिरीले उक्त बसको उद्घाटन गर्दे सुखि नेपाली समृद्ध नेपाल बनाउन अब सबै युवाहरु उद्यममा लाग्न आग्रह गरे । उनले भने “ श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्छ, यसले समग्र गण्डकी प्रदेशमै ठूलो आर्थिक परिवर्तन ल्याउछ । ”

गण्डकी प्रदेशका सांसद राजीव पहारीले प्रदेश सरकारले अहिले कोरला देखि सुस्तासम्म फास्ट ट्रयाकको लागि रकम समेत विनियोजन गरिएको बताए । उनले भने “हरेक युवाहरु अब कुनै न कुनै उत्पादनमा लाग्नुपर्छ, अब सबै राजनितिक सामाजिक व्यत्तिहरु पनि उद्यमशिलतामा लाग्न लाग्नुको विकल्प छैन। ” पर्यटनको धेरै सम्भावना भएको गण्डकी प्रदेशमा उतिकै सम्भावना रहेको सांसद पहारीले बताए । अब छिट्टै फेवातालको आकार वृद्धिबाट सुरुवात गरिने उनले दाबी गरे ।

गण्डकी प्रदेशका अर्का सांसद ईन्द्रधारा बिष्टले नागरिकको गुनासो नआउने गरि निरन्तर गुणस्तरिय सेवा दिन प्रालिालाई आग्रह गरे । मुस्ताङमा यातायात सञ्चालनमा आएका कठिनाई, बाधाअडचनका विषयमा आफुसँग कुरा राख्न उनले व्यावसायीलाई आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button