पोखरा न्यूज – ०२, पुष ।
पोखरामा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ ।
करेण्ट लागेर पाल्पा घर भई हाल पोखरा-१३ कांहुखोला स्थित सोल्टि मेटलमा काम गर्ने २२ बर्षीय केशव थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा -१३ भद्रकालि चोक स्थित उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा करेण्ट लागि घाइते भएका मगरलाई उपचारको लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।