फागुन ९ गतेदेखि पोखरामा आहा रारा गोल्ड कप

पोखरा न्यूज – १४, पुष ।­­­

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८ गतेसम्म पोखरामा हुने भएको सहारा क्लवद्धारा शनिबार जारी गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लवका महासचिव विश्वराज बरालले बताए ।

यस अघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनि एन्फा केन्द्रले खेल तालिका सार्वजनीक गरेको थियो । पोखरामा अर्को फुटवल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लवले पुनः अर्को मितिमा उक्त प्रतियोगिता संचालनको लागि मिति माग गरेको थियो ।

प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब पोखरा रसहितका १२ टिमको सहभागिता हुने क्लवले जनाएको छ ।

प्रतियोगितामा मुख्य प्रायोजन हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । सह प्रायोजन रेडबुलले गरेको छ ।  प्रतियोगितामा वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, अफिसियल स्पोर्ट  वयर एक्स टेप, अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलाईन्स बुद्ध एयर, ईको पानी, कोकाकोला, एलजि टिभि, सानमिगल सहयोगी संस्थाहरु रहेका छन् । पोखरा महानगरपालिकाको संयोजन रहेको प्रतियोगिताको  प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ । राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङ्गकङ्ग तथा सहारा अष्ट्रेलियाको बिशेष सहयोगमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने तयारी सुरु गरेको क्लवले जनाएको छ । उक्त प्रतियोगिताबाट क्लवले करिब २५ लाख भन्दा बढी बचत गर्ने लक्ष्य राखेको जनाएको छ ।

विगत १७ वर्ष देखी निरन्तर सञ्चालन भएको उक्त प्रतियोगिताबाट क्लवले वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति क्लबले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button