पोखरामा किशोरीलाई आत्मरक्षा तालीम

पोखरा न्यूज – ०७, माघ ।

नारी सुरक्षाका लागि प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर एकाइ समितिले नारी सम्मान र सुरक्षाका लागी मिशन साहसी २०७५ अभियान शुरु गरेको छ ।

समाजमा महिलामाथि हुने थिचोमिचोलाई कसरी सामना गरेर आत्मविश्वासका साथ अघि बढ्ने भन्ने विषयमा उत्प्रेरित गर्ने सो अभियानको उद्देश्य रहेको कार्यक्रम संयोजक विष्णुकुमारी अधिकारीले जानकारी दिइन् ।

कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ५० विद्यालयका किशोरीलाई हरेक दिन एक घण्टा आत्मरक्षा तालीमका साथै कानूनी ज्ञान, व्यक्तित्व र नेतृत्व विकास तथा उद्यमशीलताबारे सैद्धान्तिक एवं व्यावहारिक तालीम प्रदान गरिनेछ । कार्यक्रममा ८० किशोरी सहभागी छन् ।

तालीमपछि उनीहरु नै प्रशिक्षकको भूमिकामा रहने छन । राष्ट्रव्यापी रुपमा चलिरहेको सो प्रशिक्षण कार्यक्रमको सहजकर्तामा अधिवक्ता दुर्गा न्यौपाने, नागरिक समाजका सदस्य विन्देश्वरी बराल, प्रहरी निरीक्षक भगवती तिम्सिना र सञ्चारकर्मी दुर्गा अधिकारी रहेकी छिन् । प्रशिक्षणलाई नेपाल क्योकुशिन कानकराँते र नेपाल मुआथाइ किक बक्सिङको सहयोग छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button