७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुट: पर्यटन मन्त्री

दीननाथ बराल, पोखरा न्यूज – ११, भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुटको व्यवस्थाललाई कार्यन्वयन गरी छाड्ने बताएका छन्।

पोखरा पर्यटन परिषदको आयोजनामा बुधबार पोखरामा आयोजित स्वागत तथा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले निर्णय कार्यन्वयन गरी छाड्ने दाबी गरे।  मन्त्री भट्टराईले सामाजिक उत्तरदायित्व अन्तर्गतको विमान कम्पनीले सरकारले ल्याएको निर्णयलाई कार्यन्वयन गर्न आग्रह गर्दै निर्णय कान्वयन नगर्ने एयरलायन्स उपर कारवाही गर्ने चेतावनी दिएका छन्।

निजी मेडिकल कलेजमा १० प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क अध्ययन गर्न सरकारले दिएको निर्देशन लागु भएझै एयरलायन्समा पनि अब यो सिस्टम लागु गर्ने उनले बताए । उनले भने “लाखौं लाख बृद्धबृद्धा आमाबुबाहरुले एयरलायन्स कम्पनीहरु घेर्न थाले के हुन्छ, यो त कार्यन्वयन हुन्छ हुन्छ, जुन एयरलायन्सले मान्दैन अर्को हिसाब किताब हुन्छ, म जोड जबर्जस्ती गर्दिन, निजी क्षेत्रसंग समन्वय गर्न चाहेका छौं । ”

एयरपोर्टमा सेवा दिने ट्याक्सिमा अनिवार्य जिपिएस जडान गरिने मन्त्री भट्टराईले बताए । उनले भने “एयरपोर्टमा सर्भिस दिने ट्याक्सिमा अनिवार्य जिपिएस जडान गरेको हुनुपर्छ, उसले आफ्नो गेष्ट कहाँ छाड्छ त्यो गेष्टको फोटो खिचेर कन्ट्रोल रुममा पठाउनु पर्छ । ” एयरपोर्ट ट्याक्सिवालाई विशेष प्रकारको पोसाक र केही दिन अग्रेंजी माध्ययको प्रशिक्षण समेत गराउने योजनामा मन्त्रालय रहेको मन्त्री भट्टराईले जनाए । धेरै कुरा सुधारको लागि प्याकेजिङ गर्ने उनले जनाए ।

अबको ९० दिन पछि काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा ठुलो क्रान्तिकारी परिवर्तन गराउने मन्त्री भट्टराईले दाबी गरे । फोटो खिच्ने स्क्यानर, फिङगर प्रिन्ट, रेटिना, पासपोर्ड रिडिङदेखि सबै जसो नयाँ प्रविधि जडान गरिने मन्त्री भट्टराईले बताए । केही समय पछि अध्यागमन प्रक्रियामा धेरै सहज हुने उनले बताए । हप्ता दश दिन भित्र आन्तरिक सहितको अन्तराष्ट्रिय विमानस्थलमा १५ देखि ३० मिनेटमा लगेज उपलब्ध गराउने गरी सिस्टम परिवर्तन गराउन लागेको मन्त्री भट्टराईले बताए ।

अन्य देशमा लगेज लिन कम्तिमा ३० मिनेट देखि ४५ मिनेटसम्म लाग्ने उनले बताए । खराब नेताहरुको नराम्रो कामको लागि फाइल नै रोक्ने असल कर्मचारीहरु समेत यही भएको उनले उल्लेख गरे । उनले भने “कतितपय राजनीतिक नेताहरु देश घाति निर्णय गर्न लाग्दा त्यो फाइललाई जबर्जस्ती थिचेर सहि गर्न नदिने असल कर्मचारी पनि यो देशमा छन्। ”

फेवाताल मुनि केही व्यत्तिहरुको नाममा लालपूर्जा भए तत्काल लालपूर्जा सरकारलाई बुझाउन मन्त्री भट्टराईले आग्रह गर्दै अवस्था हेरीकन सरकारले उनीहरुको लागि केही व्यवस्था समेत गर्न जनाए । पोखराको पर्यटन प्रवर्द्धन गर्ने बिषयमा स्थानिय, प्रदेश र केन्द्रिय सरकार मिलेर के के गर्ने त्यसमा कुन सरकारको के कस्तो भुमिका खेल्ने त्यसमा आफ्नो दाहित्व वहन गर्न आफुहरु तयार रहेको बताए ।

हिमागृह र रत्नमन्दिरलाई व्यवसायीक प्रयोजनको लागि प्रयोग गर्न सकिने उनले बताए । फेवातालको सौन्दर्यताको लागि रोजगार बृद्धि र आय-आर्जनको लागि प्याकेज बनाएर काम गर्न अन्तर मन्त्रालयसंग छलफल गर्ने मन्त्री भट्टराईले बताए ।  नेपाल एयरलायन्स मुत्युको मुखमा रहेको उनले बताए । उनले भने “मुत्यूको मुखमा पुगेको एयरलायन्सलाई मृत्यु हुन दिएर मलामी जाने की जयजयकारमा जाने दुई बाटो मध्ये  हामीहरु जयजयकारमा जाने बाटोमा छौं । ”

नेपाल एयरलायन्सलाई सरकारसहित अरु वित्तीय  संस्था तथा निजी क्षेत्रले लगानी गरी कम्पनी मोडलमा लैजाने तयारी भएको बताउदै मन्त्री भट्टराईले कम्पनीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । जसले लगानी गर्छ उनीहरुले नै सिईओ छनौट गर्ने व्यवस्था मिलाउने मन्त्री भट्टराईले बताए । उनले भने “नेपाल एयरलाइन्सलाई अझै दोहोन गर्नु भनेको नेपाल आमाको रगत चुसे सरह हो, एउटी आमाको दुध चुस्दा दुध हुँदासम्म दुध आउछ तर दुध नै सकिए पछि रगत आउन थाल्छ, नेपाल एयरलाइन्सको अवस्था त्यस्तै अवस्थामा पुगेको छ । ” निर्मम ढंगले नेपाल आमा माथि अक्रमण गर्न नदिने गरी नेपाल एयरलाइन्सलाई कुनै समयमा नाफामा जाने गरी कम्पनीमा लैजाने गृहकार्य भएको उनले बताए ।

पोखरा विमानस्थल अत्याधुनिक एयरपोर्ट निर्माण हुने मन्त्री भट्टराईले बताए । उनले भने “पोखरालाई बचाउनु भयो भने, यहाँ एक पछि अर्को एयरलायन्सहरुले हामीसंग सर्कल माग्न आउछन, हामीले धेरै चिन्ता गनुपर्दैन पोखरा बचाउन सकेमा अन्यथा हामीले चाहेर पनि पोखरामा हवाई रुट ल्याउन सक्दैनौं । ”

परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले मन्त्री भट्टराईले १२ वटा पर्यटन सम्वद्ध संघ संस्थाहरसंगको सहकार्यमा १२ बुंदे माग पत्र पेश गरेका थिए । गण्डकी प्रदेश सांसद राजिव पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज दाहाल, परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराई, पर्यटन व्यवसायी गणेश भट्टराई, गोविन्दराज पहारी, लक्की कार्की, भरतराज पराजुली, हरि भुजेल, सुर्य बहादुर भुजेल लगायले पोखराको पर्यटन प्रवर्द्धनमा राज्यले लगानी नगरेको गुनासो गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button