अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधि एनएमबी बैंकलाई

रेजिना कटुवाल, पोखरा न्यूज – ५ असोज । आर्थिक समृद्धिको लागि जनतामा वित्तिय विस्तार, खेलमार्फत वित्तिय क्षेत्रका कर्मचारीको शारीरिक, मानसिक तथा आपसी सद्भावको विकास भन्ने मुल नाराका साथ शुभ विजया दशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित अन्तर बैंक फुटसल टुर्नामेन्ट २०७६को उपाधी एन एम बी बैंकले जितेको छ ।

स्टोर्स क्यासल गणेशटोलमा भएको उक्त प्रतियोगितामा २७ वटा वित्तिय संस्थाको ३१ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा दोस्रो स्थान गण्डकी विकास बैंकले हात पारेको छ भने उत्कृष्ट खेलाडी पनि गण्डकी विकास बैंकका द्रव्य जङ्ग राणा नै घोषित भए । त्यस्तै उत्कृष्ट गोल रक्षकको उपाधि एन एम बि बैंकका हरिप्रसाद बरालले प्राप्त गरे भने सर्वाधिक गोलकर्ता एन एम बी बैंक का सुरेश पौडेल घोषित भए ।

कार्यक्रममा बौल्दै प्रमख अतिथि नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक डा। डिल्लीराम पोखरेलले यस्ता प्रतियोगिताले बैंकर कर्मचारीबीच आपसी सद्भाव कायम रहने भएकाले यस्ता प्रतियोगिता आमामी वर्षहरुमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । पोखरेलले विजया दशमीको शुभकामना समेत व्यक्त गरेका थिए । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिको अध्यक्ष कृष्ण प्रसाद खरेलले विगतमा पनि यस्ता कार्यक्रम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गर्ने हौसला मिलेको र विगतमा भन्दा बढी टिमको सहभागीता भएकोमा खुसी समेत व्यक्त गरे ।

कार्यक्रमको मुख्य प्रायोजक एन आई सि एसिया बैंक रहेको थियो भने सह प्रायोजकमा रोड सो रियल स्टेट , दिप हाउजिङ्ग, माछापुच्छ्रे बैंक, केसी कन्सट्रक्सन फर्म पोखरा ६ रहेका थिए । पोखरा फाईनान्स प्रतियोगिताको प्रायोजक रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button