पोखरा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल

दीननाथ बराल, पोखरा न्यूज – ०५ असोज । अर्थ मन्त्री डा. युवराज अतिवडाले साना तथा मझौला व्यवसायीबाट सहयोग भएमा ठुला केही व्यवसायीबाट अबौं कर संकलन हुने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघको ६५ औं बार्षिकोत्सव साधारण सभा (अधिवेसन) को शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री खतिवडाले साना तथा मझौला व्यवसायीहरुले राज्यको कर संकलन अभियानमा सहयोग गरेको खण्डमा ठुला व्यवसायीहरुबाट ५० करोड देखि २ अर्ब भन्दा बढी रकम संकलन हुने बताएका हुन्।

साना तथा मझौला व्यवसायीको सहयोग भएमा ठुला व्यवसायबाट उपयुक्त ढंगले लिनु पर्नेमा एक रुपैया नबढाई र लिनुपर्नेमा एक रुपैया पनि कर नछोडि लिन चाहेको मन्त्री खतिवडाले प्रष्ट पारे । साना तथा मझौला कुनै व्यवसायीले एक सय रुपैया कर तिर्दा राज्यले सोही सरहको कानुले लाग्दा ठुला व्यवसायीबाट भने अवौं कर संकलन गर्न सक्ने उनले जनाए । दुई किसिमका विवरण अन्य गर्न, पारदर्शीता अपनाउन, स्थायी लेखा नम्बर सिस्टम लागु गरिएको मन्त्री खतिवडाको भनाई थियो ।

उनले भने “एकले अर्कोलाई दोषारोपण गरेर भ्रष्टचार सिद्दिने होइन, ढाकछोप् मात्र हुन्छ । ” राजश्व चुहावट भ्रष्टचार भएको मन्त्री खतिवडाले बताए । राजश्व चुहावट अपराध नै भएको उनले बताए । उनले भने “राजश्व चुहावट तर भुलचुकले गरिएको रैछ भने त्यहाँ सुधार्ने अवसर हुन्छ, कानुनले नै त्यो व्यवस्था दिएको छ, कर छलि नै गरिएको छ भने वित्तीय अपराध नै हुन्छ, अहिलेको कानुनहरुले त्यही नै भन्छन ।” कर सम्बन्धि पहिला बुझ्ने र बुझाउनु पर्ने बताउदै मन्त्री खतिवडाले अहिलेको कर प्रणालीलाई राज्यले पारदर्शी, स्वच्छ, सदाचारी बनाउन खोजेको जनाए । स्थायी लेखा नम्बर लिदैमा कर तिर्न नपर्ने मन्त्री खतिवडाले बताए । कर तिर्नुपर्ने दायरमा भएको अबस्थामा राज्यले खोजेर नै कर अशुल्ने उनले दाबी गरे ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखराको फेवाताल संरक्षणकोा लागि केन्द्रिय सरकारसंग २ अर्बको बजेट माग गरिएको बताए । प्रदेशमा ४० बढी ठाउँमा उद्योगको सम्भावना भएको उनले जनाए ।  संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष चण्डीराज ढकाल, प्रदेश सांसद बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, संघका महासचिव अर्जुन पोख्रेल लगायतले वोलेका थिए ।

यसैबिच, पत्रकार भरत कोइराला पोखरा उद्योग वाणिज्य संघ (पिसिसिआई) आर्थिक पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन्। हरेक २ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राषि नगद २५ हजार रहेको छ ।

पोखरा उद्योग वाणिज्य संघमा भएको विवाद शनिबारको कार्यक्रममा छताछुल्ल भएको छ । संघको इतिहासमा पटक पटक नोट अफ डिसेन्ट लेख्दै अघि बढेको यस कार्यसमितिले यस पाली पदाधिकारी बिचको समन्वय र सहकार्य नभएको प्रष्ट देखिएको थियो । संघका अध्यक्ष दामु अधिकारीले महासचिव अर्जुन पोख्रेललाई पुर्व निर्धारित वक्ताको लिष्टमा आफु खुसि एक जना वक्ता राखे पछि महासचिव पोख्रेलले संघमा भएको बिबादको बारेमा छताछुल्ल पारेका हुन्।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साललाई शुभकामना मन्तव्यको लागि महासचिवले उद्घोष गरी वोलाएसंगै अध्यक्ष अधिकारीले एकैछिन माइक भन्दै मर्यादा क्रम तल माथि भएकोमा भन्दै महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाललाई शुभकामना मन्तव्यको लागि वोलाएका थिए । महासचिव पोख्रलले अध्यक्षले आफुखुसी कार्यक्रममा हस्तक्षेप गरेको भन्दै बाहिर निस्के पछि केही व्यक्तिको अनुरोधमा महासचिवले कार्यक्रम संचालनको क्रममा अध्यक्षले पुर्व निर्धारित कार्यक्रम तालिका माथि नै हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

महासंघका पुर्व अध्यक्ष सहितका अन्य व्यत्तिहरु हुदा हुदै अध्यक्षले एक्लौटि ढंगले संस्थालाई हाक्न खोजेको उनले आरोप लगाए । पुर्व अध्यक्ष ढकाल मञ्चमा वोल्न नपाए कार्यक्रम नसकिदै उठेर हिड्ने संकेत गरेसंगै अध्यक्षले उनलाई शुभकामना दिन वोलाएका थिए । संघमा नेकपा निकटका अध्यक्ष अधिकारी र कागेंस निकटका महासचिव पोख्रेल निर्वाचनका दिन देखि एक आपसमा तिक्तत्ता बढ्दै आएको देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button