पोखराको लेकसाइडमा मिनी सडक महोत्सव हुने

पोखरा न्यूज – ०५ असोज । पोखराको पहिचानको लागि विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा एक दिने मिनी सडक महोत्सव हुने भएको छ ।

सेप्टेम्बर २७ (असोज १० गते) अर्थात विश्व पर्यटन दिवसको अवसरमा पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्धेश्यले एक दिने महोत्सव हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

रेस्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा हुने महोत्सव साँझ ५ः०० बजेदेखि राति ११ः०० बजे सम्म  फिस्टेल गेटदेखि वाराही चोकसम्म  चल्ने महोत्सव संयोजक सुर्य बहादुर भुजेलले बताए । प्राकृतिक तथा सांस्कृतिक रुपले धनि पोखराको पर्यटन प्रवर्द्धन गर्न पनि रेवानले हरेक बर्ष जसो पर्यटन दिवसमा मिनि सडक महोत्सव गर्दै आएको रेवान पोखराले जनाएको छ ।

महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्रािष्ट्रय खानाको परिकार रेस्टुरेण्टहरूले उपलब्ध गराउने भएको संयोजक भुजेलले बताए । नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, गन्धर्व गायन प्रस्तुति, पप कन्सर्ट लगायतका सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रस्तुति रहने भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।

पप कन्सर्टमा स्थानिय कलाकारहरुलाई समेटिएको उनले जनाए । पर्यटन र रोजगार सबैको लागि भविष्य भन्ने मुल नारालाई आत्मासात गर्दै विश्व पर्यटन दिवस मनाउन लागिको अध्यक्ष भुजेलले बताए ।

पर्यटन दिवसका दिन हवाई उडान हुँदै र सडक मार्ग हुँदै पोखरा आइपुग्ने पाहुनाको पहिलो टोलीलाई फूलमाला सहित स्वागत गरिने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले बताए ।

महोत्सव सम्पन्न गर्न करिब २ लाख ५० हजार खर्च लाग्ने भएको रेवान पोखराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button