बहुविवाह मुद्दामा पतिपत्नी जेल चलान

पोखरा न्यूज – ११, असोज । महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् । जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन् ।

राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दिएकी थिइन्  ।

महोत्तरी जिल्ला अदालतले सोही बहुविवाह मुद्दाअन्तर्गत विसं २०७५ मा गरेको फैसला अनुसार निज राधारमण र उनकी कान्छी पत्नी पूजासहित दुवैलाई जनही एक वर्ष कैद र रु १० हजार जरिवाना गरेको थियो ।

त्यस्तै उच्च अदालत जनकपुरको २०७६ साउन १५ गते भएको शुरु फैसला सदर भएपछि दुवै पतिपत्नीलाई जनही एकवर्ष कैद र १० हजार जरिवाना गरिएको हो ।

जिल्ला र उच्च दुवै अदालतको आदेशपश्चात शुक्रबार पतिपत्नी दुवै जना आफैँ निवेदन साथ उपस्थित भई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button