राष्ट्रिय पुँजीको संरक्षण गरौ : मन्त्री चुमान

पोखरा न्यूज – ०५, कार्तिक ।  गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले साना व्यावसायीको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन । राष्ट्रीय उद्योग व्पायार महासंघ, गण्डकीले पोखरामा आयोजि चाडपर्ब विषेश चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले प्रदेशले सम्वृद्धि हासिल गर्न साना व्यावसायीहरुको संरक्षण आवश्यक रहेको बताए ।

उनले गण्डकी प्रदेश सरकारले सम्वृद्धि गण्डकी निर्माणका लागि थालेका प्रयासहरुको सकारात्मक संकेत देखिन थालेको स्मरण गर्दे केही पनि भएन भनेर गरिएको नियोजित हल्लाको पछाडी नलाग्ने सबैलाई आग्रह गरे । सबैले केही भएन भनेको सुनेर आफ्नै आँखा अगाडी देखिएका केही परिवर्तनहरु पनि पत्याउन गार्हो होला जस्तो बनाइएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा कास्की जिल्ला ईन्चार्ज राजकाजि गुरुङ्गले उप-र्निवाचनमा होमिन सबैलाई आग्रह गरे । नेकपाका दैनिक देखिदै आएका सुधारका प्रयासहरुबाट केही बाह्य र केही आन्तरीक शक्ति नेकपा कमजोर बनाउन लागि परेको भन्दै सम्वृद्धिको बाटोमा अबिचलीत रुपमा लागि रहने उनको भनाई थियो ।

शुसासन र दण्डहीनताको अन्त्यका लागि बर्तमान सरकारले आफ्रना नेता बाटै अभियान शुरु गरेको र यसमा जो सुकै पनि पर्न सक्ने भएकाले नअतालिन अन्य दलहरुलाई उनले आग्रह गरे । सुसासन र कानुनी राज स्थापनाका लागि जो भएपनि छुट नहुने भएकाले को पर्यो भनेर हेर्न भन्दा पनि कस्ता अपराधिले कार्वाही भोगे भन्ने हिसावले हेर्न उनले सबैलाइै अनुरोध गरे । कार्यक्रममा उद्योग ब्यापार महासंघका गण्डकी ईन्जार्च राजकुमार सुबेदी, केन्दीय सदस्य दिलिप न्यौपाने उपाध्यक्ष प्रवेश उप्रति लगायतले बोलको थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button