भैलो खेल्दा लडेर घाइते भएकी महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

पोखरा न्यूज – १२, कार्तिक ।  भैलो खेल्दा लडेर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु  भएको छ ।

भैलो खेली घर फर्किने क्रममा लडेर घाइते भएकी बागलुङ बरेङ गाउँपालिका -१ छाप निवासी ४२ बर्षीया हरीमाँया थापाको उपचारको क्रममा मंगलबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा मुत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सोमबार राति करिब ११ः०० बजे  देउँसी भैलो खेली घर फर्किने क्रममा भिरबाट करिब २० मिटर तल खसेर  घाइते भएकी थापालाई  मंगलबार बिहान १० :३० बजे मणिपाल अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याएको आधा घन्टामै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button