विदेशी पर्यटक सुतेकै ठाउँमा मृत फेला

पोखरा न्यूज – १३, कार्तिक । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button