कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दीननाथ बराल, पोखरा न्यूज-१७,कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानिय र प्रदेश सरकारको समेत भुमिका दिइने भएको बताएका छन्।

कास्की जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नंं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला निर्वाचन कार्यालय कास्कीमा आइतबार स्थापना गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यसपालीदेखि स्थानिय र प्रदेश सरकारको निर्वाचनमा भुमिका दिने तयारीमा आफुहरु रहेको बताएका हुन्।

उनले भने “हामी छिट्टै स्थानिय सरकारहरुलाई पनि नेपाल सरकार मार्फत हामीले अनुरोध गछौं, सार्वजनीक स्थलमा तोकिएको मतदात केन्द्रसम्म आउने जाने बाटो मर्मत सम्हार गर्ने जिम्मा स्थानिय सरकारले गर्नुपर्छ, यसमा हामीले प्रदेश सरकारको सकरात्मक भुमिका खोजेका छौं । ” स्थानिय सरकारलाई मतदातालाई आकर्षीत गर्ने मतदान केन्द्रको व्यवस्थापनमा स्थानिय सरकारको भूमिका स्थापित गर्नु पर्छ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

उपनिर्वाचनको तयारीको मुख्य कुरा पुरा भएको बताउदै उनले यस निर्वाचनमा उत्साहका साथ सहभागि हुन मतदातालाई आव्हान गरे । कास्कीमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनु भनेको ठुलै निर्वाचन भएको बताउदै उनले अन्य निर्वाचन भन्दा उपनिर्वाचन बढी प्रतिस्पर्धा र बढी मत खस्ने हुने निर्वाचन कमिटि बढी सजग हुन आग्रह गरे ।

जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले कास्कीमा आयोगले दिएको निर्देशन अनुसार सवैको साथ र सहयोगले शान्ति पूर्ण रुपमा निर्वाचन गराउने तयारी गरेको जनाए । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले कास्कीमा निर्वाचनका बेला केही समस्या आए पनि आफुहरुले मतदातालाई मतदान गर्ने र गराउने वातावरणको सृजना गर्ने दाबी गरे ।

सुरक्षा एकिकृत कार्ययोजना बनायरै, कास्कीका सुरक्षाका दृष्टिले उच्च जोखिम ठाउँहरुको पहिचान गरी सोही अनुसारको सुरक्षाको व्यबस्था मिलाउने भएको उनले जनाए । कास्कीका प्रमुख निर्वाचन आयुक्त काजी बहादुर राई रहेकाछन्।

कास्कीमा हुने उपनिर्वाचनमा ३२ वटा मतदान स्थलहरु रहेका छन्। ८२ वटा मतदान केन्द्र रहने भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सुचना अधिकृत रुद्र न्यौपाने बताए । कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनमा ११ वटा वडामा पुरुष भन्दा महिला मतदाताको सङख्या बढी रहेको छ । कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या रहेको छ । कास्की उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ जना मतदाता सङख्या रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button