म्याग्दीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ यात्रु घाइते

पोखरा न्यूज – १७, कार्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिमामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमाको घुम्तीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन् । दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ ।

घटनास्थलमा रहेका  इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button