प्रदेशमा लगाम लगाए संघियता प्रस्फुटित हुदैनः कुँवर

दीननाथ बराल, पोखरा न्यूज – १८, कार्तिक । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकार अझै पनि स्वायत्त हुन नसकेकोमा गुनासो व्यक्त गरेका छन्।

प्रदेश प्रमुखबाट पदमुक्त भएको भोलि पल्ट सोमबार पोखराको एक होटलमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै निवर्तमान प्रदेश प्रमुख कुँवरले प्रदेश सरकार संचालनको डेढ बर्ष पुरा हुदा पनि स्वायत्त हुन नसकेको गुनासो व्यक्त गरेका हुन्।

संघिय सरकारबाट प्रदेश सरकार माथि लगाम लगाउने प्रयास भएको आसय व्यक्त गर्दै यसले गर्दा संघियता प्रस्फुटित, फुलीत र शुभासित हुन नसक्ने जनाए । प्रदेश स्वायत्त विना प्रदेशको उन्नति नहुने निवर्तमान प्रदेश प्रमुख कुँवरले बताए । उनले भने “ मेरो मनको कुरा मनमै रह्यो, मैले एक किसिमको त्यो कुरा बोकेर जानुपर्ने नै भयो, मेरो मनमा म बाचुन्जेल मैले त यो कुरा अनुभूत गर्नु नै पर्ने भो, मेरो सपना केवल संघियतामा प्रदेश स्वयक्त भएको देख्न चाहेको थिए तर पदमुक्त भएसंगै यो मेरो सपना अधुरै रह्यो । ”

संवैधानिक व्यबस्था अनुसार आफु सहितको अन्य प्रदेश प्रमुखको नियुत्ति हुनु स्वभाविक भएको बताउदै निवर्तमान प्रदेश प्रमुख कुँवरले हालै नियुक्त भएका गण्डकी प्रदेशका प्रमुख लाई कार्यकालको सफलताको शुभकामना दिदै आफ्नो कार्यकालमा सहयोग गर्ने प्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरे । आफ्नो बाँकी काम पुरा गर्न भावी प्रदेश प्रमुखलाई उनले आग्रह गरे ।

संविधानले प्रदेशको निर्वाचन भई सके पछि प्रदेशको निर्वाचन परिणाम बुझाउने व्यत्तित्व र संवैधानिक अंगको रुपमा प्रदेश प्रमुखलाई खोजि रहेको बताउदै उनले प्रदेश प्रमुख संवैधानिक उत्पती भएको जनाए । उनले भने “जिन्दगीकै ठेगान छैन, पद प्रतिष्ठाको के ठेगान छ , हामी सबैले बुझ्नु पर्ने कुरा हो, यसमा यसै नबुझ्नाले मानिसहरु पिरोलिन्छन, दुःखि हुन्छन्, रुन्छन, आफ्नै थुप्रै कुरा अभिव्यक्त गर्छन् र अन्तिममा पछुताउछन्।”

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख कुँवरसहित आइतबार सातै वटा प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्। गण्डकी प्रदेशका कार्यवहाक मुख्य मन्त्री किरण गुरुङको उपस्थितीमा उनले आफ्नो केही भनाई राख्दै पुनः पहिलाकै काममा फर्किने जनाए ।

उनले भने“प्रदेश प्रमुखको कार्यालय सानो भएकोले गर्दा मन्त्रीहरुलाई कार्यालयमा काम विशेषले बोलाउदा सडकमै गाडी पार्किङ हुने हुँदा मेरो गाडी भने निवासमै राख्ने गर्थे । ” कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले निवर्तमान प्रदेश प्रमुख कुँवरलाई खादा लगाएर बिदाई गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button