पेस्तोल र गोलीसहित ३ पक्राउ

पोखरा न्यूज – २१, कार्तिक ।  नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको थापाले बताए । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button