गायक जीवन दाहालको सचिव पदमा दाबेदारी

आर.आर. पौडेल, पोखरा न्यूज -०३,मंसिर ।  पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनमा गायक जीवन दाहालले सचिव पदमा दाबेदारी दिने तयारी गरेका छन् ।  वर्तमान केन्द्रिय सदस्य रहेका उनले प्रतिनिधिको माया पाउदै आफु निर्वाचित हुने बताएका छन् । प्रतिष्ठान नेपालको केन्द्रिय महाधिवेशन मंसिर ६, ७ र ८ गते पोखरामा हुँदैछ ।

महाधिवेशनमा १ हजार २ सय ८० जना प्रतिनिधिको सहभागीता हुनेछन् । उनै प्रतिनिधिको मन जित्दै निर्वाचित हुन दाहालले कसरत सुरु गरेका हुन् ।  दाहालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षको जिम्मेवारी उनले कुशलतापूर्वक निभाईसकेका छन् ।

कास्कीको ढिकुरपोखरी–९ मा जन्मिएका उनले सानैदेखि लोकदोहोरीप्रति रुचि राख्थे । स्कूल तथा गाउँमा विभिन्न संघ–संस्थाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा भाग लिईहाल्ने उनको बानी थियो ।

गाउँमा आयोजना हुने गरेका कार्यक्रमबाट पाएको सफलताले नैै यो क्षेत्रमा अगाडी बढ्न हौसिए । साँगीतिक फाँटमा उनको औपचारीक शुरुवात २०५४ सालमा रेडियो नेपालमा स्वर परीक्षाका लागि गाइएको ‘कास्की बैदाम ताल’ बोलको गीतपछि भएको थियो ।

स्वर परीक्षामा उत्तीर्णपछि जीवनले ‘यहीं वर्ष भन्न भा छैन’ बोलको गीत पहिलो पटक रेकर्ड गराई ‘भन्न भा छैन’ एल्बम बजारमा ल्याएका थिए । २०५६ सालमा दोस्रो एल्बमका रुपमा ‘दुइ सय जन्ती’ नामक पञ्चेबाजाको एल्बम श्रोतामाझ पस्किएका उनले त्यसपछि ‘भन्न भा छैन’, ‘फुल गेटैमा’, ‘रोयकी चेली’ र ‘चाहिदैन र धन’ र ‘सानु तिम्रो विहे पछि हो’ लगायतका गीत दर्शक श्रोतामाझ पस्कीसकेका छन् । जुन क्रम हालसम्म पनि जारी नै छ ।

लामो समयको अनुभवका कारण महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफुलाई सर्पोट गर्नेमा उनी विश्वस्त छन् । उनले आफुलाई सचिव पदमा विजयी गराउन लोकदोहोरी कलाकारसँग आग्रह गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button