नायिका ऋचा शर्माको ब्याचलर पार्टीको रहस्य यस्तो

आर.आर. पौडेल, पोखरा न्यूज -०३,मंसिर । पोखरा लेकसाइडको बगैचा वेलनन रिर्सोटमा नेपाली चलचित्रका नायिकाहरु ऋचा शर्मा, प्रियंका कार्की, केकी अधिकारी एकसाथ देखिए ।

उनीहरु रमाइलो गर्न तहाँ जम्मा भएका थिए । राती ८ बजे रिर्सोटको पार्टी हलमा प्रियंका कार्की र केकी अधिकारी मिलेर ऋचालाई आँखा बन्द गर्न लगाएर पुर्याए । ऋचालाई आँखा खोल्न लगाए । उनी सप्राइज भइन् । कारण उनलाई सप्राइज दिन प्रियंकाले आर्कषक डेकुरेसन गरेर पार्टी हल सजाउन लगाएकी थिइन् । अनि उनीहरु तहाँ रमाए ।

उनीहरुको साथमा फेसन डिजाइनर सिवांगी प्रधान र निरा जोशी रहेका थिए । क्यामरामेन थिए । अन्य बाहिरी व्यक्ति तहाँ थिएनन् । उनीहरुले फोटो सुट गरे, केक काटे, वाइन खाए, नाँचे, रमाइला गफ गर्दै तहाँ रमे । उनीहरु सबैजना सेतो ड्रेसमा आर्कषक देखिएका थिए । बेलुका ८ बजेदेखि ११ बजेसम्म उनीहरु हल भित्र बसेर रमाएका थिए ।

ऋचाको आगामी मंसीरमा विवाह गर्ने तयारी छ । उनको प्रेम विवाह हुन लागेको हो । त्यहि कारण आफ्ना मिल्ने साथीहरुबिच रमाइलो गर्न पोखरा पुगेका उनीहरुले ब्याचलर पार्टी गर्दै रमेका हुन् । ब्याचुलर पार्टी विवाहको तयारीमा रहेका युवा तथा युवतीलाई उनीहरुका साथीले आयोजना गर्ने गर्छन् ।

पोखरामा आयोजित व्याचुलर पार्टीको आयोजना नायिका प्रियंका कार्कीले गरेको स्रोतको दावी छ । भोलीपल्ट उनीहरुले स्विमिङ पुलमा फोटोसुट समेत गरे । ऋचाको विवाह कोसँग हुने भन्ने बारेमा नखुलाईएपनि उनी लामो समयदेखि लबिम महल ललितपुरका म्यानेजर दिपेक्ष राणासँग प्रेममा रहेको र उनीसँगननै विवाह हुन लागेको अड्कल काटिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button