पोखरामा फेसन सोले माहौल ततायो

आर.आर. पौडेल, पोखरा न्यूज -०७, मंसिर । पोखरामा दोस्रोपटक जीवनशैली थिममा फेसन सो को आयोजना गरिएको छ । आर एण्ड आर गुप्रले स्विस इन्टरनेशनल होटल सरोबर पोखरामा आयोजना गरेको फेसन सोमा १४ जना मोडलहरुले र्याम्पवाक गरेका थिए ।

र्याम्पमा काठमाण्डौका ६ जना, पोखराका ६ जना र धनगढीका २ जना उत्रेको आर एण्ड आर गुप्रका रविन श्रेष्ठले जनाए । ढाकाको पहिरनको सिक्वेन्स, टिसर्ट र पस्मिनाको सिक्वेन्स, सिल्कको सिक्वेन्स, लेहङ्गा र साडी सिक्वेन्स र पस्मिना सिक्वेन्स गरी पाँच सिक्वेन्समा मोडलहरुले नेपाली पहिरनको प्रदर्शन गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा भएको फेसन सोको सो स्टपर इन्डियाज टप मोडलमा फस्ट रनर्सअप भएकी सविता कार्की रहेकी थिइन् । फेसन सो मार्फत आयोजकले नेपाली पहिरनमार्फत नेपाली जीवनशैली झल्काउने प्रयास गरेका थिए जसको लागि नेपालमै उत्पादन हुने फेब्रिकबाट बनेका पहिरनलाई प्राथमिकता दिइएको थियो । भिजिट नेपाल २०२० लाई प्रर्बद्धन गर्न फेसन सो आयोजना गरिएको आयोजकले जनाए ।

फेसन सोमा कपडा उत्पादक कम्पनी सभा नेपाल, ग्रीफ्ट, दिसेरि वल्ड, चर्खा पस्विना, एकादेशमा आदि कपडा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेका अल्लो, सिल्क, कटन, पस्मिना लगायतका कपडाका आकर्षक डिजाईन प्रदर्शन गरिएको थियो ।  सबै सिजनमा लगाउन मिल्ने आकर्षक पोशाकमा सजिएका सुन्दर युवतीहरु र्याम्पमा उत्रिदा चिसिदो पोखराको माहौल गर्मिएको थियो ।

कार्यक्रमको थप आकर्षणका रुपमा गायक दिपक लिम्बुको प्रस्तुती रहेको थियो । फेसन सो मार्फत नेपाली उत्पादनका कपडाको प्रवद्धन गर्ने आफुहरुको उद्धेश्य रहेको आर एन्ड आर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।

आर एण्ड आर गुप्रले विगत १० वर्षदेखि विभिन्न इभेन्ट र फेसन सो को आयोजना गर्दै आएको छ । यसअघि २०७४ साल आश्विन ६ गते आर एण्ड गुप्रले पोखरामा पहिलोपटक जीवनशैली थिममा फेसन सोको आयोजना गरेको थियो । त्यतिबेला १९ जना मोडल सहभागी भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button