पोखरा न्यूज – २२, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला पौडीमा इतिहास रच्दै गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् ।
आज भएको ४०० मिटर फ्रि स्टाइलमा स्वर्ण जित्दै गौरिका साग इतिहास मै स्वर्णको ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरेकी हुन् ।
त्यस्तै सोही स्पर्धामा भारतकी सिभांगी शर्माले ४ मिनेट २६.२२ मिनेटमा दुरी पार गर्दै रजत तथा श्रीलंकाकी रमुदी नुरालाले ४ मिनेट ४१.९१ मा ४ मिनेट ४१.९१ मा उक्त दुरी पार गर्दै काँस्य जितेकी छिन् ।
गौरिकाले यसअघि २ सय मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन भने १ सय मिटर ब्याकस्ट्रोकमा रजत जितेकी थिइन् । उनीसहितको टोली ४ सय मिटर फ्री स्टाइलमा पनि काँस्य जितेको थियो ।