मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा

पोखरा न्यूज – १४, पुष । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।

मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे । उनले खेलको ९० औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अङ्क जोडेको छ ।

समान ९ अङ्क नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button