नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टस संघ कास्कीको अध्यक्षमा सचिन

राजाराम पौडेल, पोखरा न्यूज – २० , माघ । नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टस संघ कास्कीको अध्यक्षमा सचिन गुरुङ चयन भएका छन् । पोखरामा आयोजित प्रथम कास्की जिल्ला अधिवेशन मार्फत गुरुङ अध्यक्षमा चुनिएका हुन् ।

जसको उपाध्यक्षमा सोस्मीता गुरङ, सचिवमा मोहन खड्का क्षेत्री, सह–सचिवमा सुदिप पुन, कोषाध्यक्षमा कालिन भान्साकार्य छानिए । यसैगरी सदस्यमा कृष्ण बहादुर गुरुङ, कृष्ण बहादुर पुन, महेन्द्रमान जलारी, अनिल बिजुक्छे, मनिल गुरुङ, रोसन परियार र रञ्जना आले रहेका छन् ।

नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टस एशोशिएसन यो वि–वोइङ नृत्य कला देखाउनेको समुह हो । यसको मुख्य अफिस काठमाण्डौमा छ । यो संस्था राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको छ । सन् २०२४ को ओलम्पिकमा वि–वोइङ पनि परेको छ ।

यसको लागि नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टस एशोशिएसनले प्रतिनिधित्व गर्नेछ । वि–वोइङप्रति आर्कषितहरुलाई संगठित गर्न नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टस एशोशिएसन सक्रिय बन्न थालेको छ । यसैको फलस्वरुप जिल्ला–जिल्लामा अधिवेशन गर्दै सदस्यहरुलाई संगठीत गरिदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button