इरानमा कोरोना भाइरसबाट १५ को मृत्यु, हेर्नुस के छ पछिल्लो आँकडा

पोखरा न्युज । कोरोना भाइरसबाट इरानमा मर्नेको संख्या १५ पुगेको छ भने संक्रमितको संख्या ६१ पुगेको छ । त्यस्तै भाइरसबाट संक्रमितको संख्या कुवेतमा ८ तथा इराकमा ५ पुगेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार त्यहाँ संक्रमितको संख्या ६१ मात्र रहेको छ तर ९ सय भन्दा बढीमा भाइरसको आशंका गरिएको छ । त्यहाँको अर्धसरकारी समाचार एजेन्सीले भने ३ सय २० जनालाई अस्पतालमा भर्ना भएको जनाएको छ । भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्यामा खासै ठुलो अन्तर नदेखिँदा त्यहाँको सरकारी निकायले तथ्यांकहरु लुकाएको आशंका गरिएको छ । भाइरसबाट इरानमा चीन पछि सर्वाधिक बिरामीको मृत्यु भएको छ ।

इरानबाट आएका यात्रुहरुमा भाइरस संक्रमण देखिएसँगै थुप्रै देशहरुले इरानसँगको हवाई सम्पर्क स्थगित गरेका छन् । ६ अरब देशमा इरानबाट आएका यात्रुहरुमा संक्रमण भेटिएको हो । हालसम्म कुवेत र बहराइनमा ८ तथा इराकमा ५ संक्रमित फेला परेको जनाइएको छ ।

पछिल्लो आँकडा अनुसार भाइरसबाट चीनमा ७७ हजार ६ सय ५८ संक्रमित तथा २ हजार ६ सय ७३ को मृत्यु भइसकेको छ । त्यस्तै दक्षिण कोरियामा दोस्रो सर्वाधिक संक्रमित ९ सय ७० तथा इटालीमा २ सय ७२ संक्रमित भएका छन् ।

विश्वभर कोरोना भाइरसबाट ८० हजार ६७ संक्रमित तथा २७ सय को मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Back to top button