सन्दीप लामिछानेले एशिया – ११ बाट क्रिकेट खेल्ने

काठमाडाैं :  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ बाट पनि खेल्ने भएका छन्।
बंगालादेशको क्रिकेट बोर्डले आयोजना गर्ने शेख मुजिब १०० टि–२० कप बंगलादेश २०२० अन्तर्गत विश्व–११ र एसिया–११ बीच हुने खेलमा सन्दीप टोलीमा परेका हुन्।

बगंलादेशका राष्ट्रपिता शेख मुजिब रहमानको जन्म शताब्दीको अवसरमा खेल हुन लागेको हो।
दुईवटा खेल हुने उक्त सिरिज आगामी मार्च १८ र २१ मा बंगलादेशको शेर ए बंगला रंगशालामा हुनेछ। सो खेलमा भारतका कप्तान विराट कोहली र केएल राहुलले एक खेल मात्र खेल्नेछन्।

एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकाका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका रशिद खान लगायत स्टार खेलाडी समावेश छन्।

सम्बन्धित न्यूज

Back to top button