स्वास्थ्य सामग्री बोकेको स्करपियो तनहुँमा दुर्घटना हुँदा ७ घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान स्करपियो जिप दुर्घटना हुँदा सात घाइते भएका छन् ।

काठमाडौँबाट पर्वततर्फ जाँदै गरेको बा२झ ४२२२ नंको जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । स्वास्थ्य सामग्री लिएर फर्कँदै गरेको पर्वतको जलजला गाउँपालिकाको जिप सडकबाट अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइतेहरुको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button