पोखराको सेती नदीमा माछा मार्न गएका युवक वेपत्ता

पोखरा । पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् ।

शुक्रबार विहान ११ बजेको समयमा सेती नदीमा माछा मार्न र पौडी खेल्न भनेर गएका पोखरा -१६ दिपका अन्दाजी २३/२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मगर आफ्ना अन्य २ जना साथीहरु पी.एन. क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

मगरको नेपाल प्रहरी र शसस्त्र प्रहरीको रेस्क्यु टोलिले खोजतलाश जारि राखेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button